Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

TRENDING
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

विद्यार्थी यार्सा टिप्न हिँडेपछि विद्यालय बन्द

मुगमकार्मारोङ गाउँपालिकाका विद्यार्थी यार्सागुम्बा सङ्कलन गर्न हिँडेपछि विद्यालय बन्द भएका छन् । गाउँपालिकाका १० वटा विद्यालयका विद्यार्थी यार्सागुम्बा सङ्कलन गर्न पाटनतर्फ लागेका छन् ।
यार्सागुम्बा सङ्कलन गर्ने मौसम सुरु भएसँगै गाउँपालिकाका विद्यार्थी यार्सा सङ्कलन गर्न जाने गर्छन् । मुगमकार्मारोङ गाउँपालिकाको कार्यविधि अनुसार यार्सागुम्बा सङ्कलनका लागि जेठ ४ गतेबाट सामुदायिक वन क्षेत्रमा अनुमति दिइएको छ । विद्यार्थी यार्सा सङ्कलन गर्न हिँडेपछि विद्यालय बन्द अवस्थामा रहेको जनजागरण आधारभूत विद्यालयका प्रधानाध्यापक पासाङ लामाले बताए । यस क्षेत्रका स्थानीयको आम्दानीको प्रमुख स्रोत नै यार्सागुम्बा भएकाले अभिभावकसँगै विद्यार्थी  पनि वन क्षेत्रमा जाने गरेको प्रधानाध्यापक लामाले जनाएका छन् ।
स्थानीय सोनाम पाजिङ तामाङले समुदायको प्रमुख आम्दानीको स्रोत नै यार्सागुम्बा रहेको बताए । यहाँ १० वर्षदेखि ६० वर्ष उमेर समूहका नागरिक जडीबुटी सङ्कलनका लागि निस्कन्छन्। कार्मारोङ गाउँपालिकाको सानोकोइकी, ठुलो कोइकी, चार्कु, हाङ्दाङ, चेप्टु, रोमन पटान, केले लेक, छुल्दुर, टेङ्डिङ, याम्जामा, सामुदायिक वन क्षेत्रमा जडीबुटी सङ्कलनका लागि स्थानीय जाने गरेका छन् । एक मौसममा एक जनाले एक लाखदेखि दुई लाख रुपियाँसम्म आम्दानी गर्ने गर्दछन् । असारको दोस्रो हप्तासम्म पाटनमा जडीबुटी खोज्न जाने गरेको स्थानीय बताउछन् ।
स्थानीय बुटिक व्यापारी उर्गिन लामाले राम्रो खाले यार्सागुम्बाको मूल्य प्रतिगोटा चार सयदेखि पाँच सय रुपियाँसम्म पर्ने बताए । बुटिक प्रतिकेजी १६ लाख देखि १८ लाख रुपियाँसम्म पर्न जान्छ । मुगु र डोल्फु सामुदायिक वन क्षेत्रबाट हरेक वर्ष १८० केजीसम्म यार्सागुम्बा उत्पादन हुने गरेको लामाले जनाएका छन् ।
पालिकाको तल्लो बेँसीका बुद्ध नमुना माध्यमिक विद्यालय माँग्री, नेपाल राष्ट्रिय आधारभूत विद्यालय छाइल, नेपाल राष्ट्रिय विद्यालय पुलु, चिमात्तको आनन्द आधारभूत विद्यालयमा विद्यार्थीहरु नभएर बन्द भएको  मुगमकार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए । त्यसै गरी जनकल्याण आधारभूत विद्यालय महको विद्यार्थीलाई यार्सागुम्बा सङ्कलनको  सहजताका  लागि गाउँपालिकाको शिक्षा कार्यविधि अनुसार बर्खे बिदा जेठ ८ गतेबाट असार ९ सम्म दिने गरेको उहाँले बताउनुभयो। अन्य दस वटा विद्यालयमा हिउँदे बिदा पर्ने भएकाले अहिले ती विद्यालयका ठुला कक्षाका छात्रछात्रा पनि बुटिक सङ्कलनका लागि अभिभावकसँगै जाने भएकाले प्रारम्भिक बाल विकासका बालबालिकालाई मात्र विद्यालयमा पठनपाठन भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist