Saturday, May 10, 2025

आजको मिति: २०८२ बैशाख २७ ,शनिबार

TRENDING
  Latest
कुमुदिनी होम्समा वक्तृत्वकला सम्पन्न
Next
Prev

ढोरपाटनका मेयरलाई एमालेले ग¥यो निलम्बन

सहकारीबाट करोडौं अपचलनको आरोपमा फरार ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई नेकपा एमालेले निलम्बन गरेको छ ।
नेपाली एमालेका गण्डकी प्रदेश कमिटी सदस्य हुन् । मेयर नेपाली ढोरपाटनका मेयर एवं सहकारीका अध्यक्ष माओवादी पृष्ठभूमिका समेत हुन् । सहकारीमा बचत गरेका सर्वसाधारण नागरिकले आफ्नो रकम फिर्ता माग्न थालेपछि नेपाली गत आइतबारदेखि सम्पर्कविहीन छन् । पोखरा र बागलुङमा इमेज बचत तथा ऋण सहकारी संस्था चलाएका नेपालीले प्रारम्भिक अनुसन्धानमा २ अर्ब अपचलन गरेको पाइएको छ ।
एमाले गण्डकी प्रदेश कमिटीको कार्यालय बैठकमार्फत नेपालीलाई निलम्बन गर्ने निर्णय गरेको प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले बताए । सहकारीका बागलुङ र पोखराका बचतकर्ताले प्रशासनमा उजुरी गरेपश्चात अध्यक्ष नेपालीलाई अध्यागमन विभागले विदेश यात्रामा रोक लगाएको भन्दै उनले छानबिनका लागि निलम्बन गरेको कमिटिले जनाएको छ ।
‘हामी निष्पक्ष छानबिन प्रक्रियामा पूर्ण सहयोग गर्छौं,’ दवाडीले बुधबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सहकारीका अध्यक्ष नेपाली र सञ्चालकहरूलाई सर्वसाधारणको रकम यथाशिघ्र फिर्ता गर्न र छानबिनमा सहयोग गर्न पनि आग्रह गर्दछौं ।’
माओवादीले २०७४ को स्थानीय निर्वाचनमा ढोरपाटनको मेयर उम्मेदवार नबनाएपछि उनी एमालेमा प्रवेश गरेर मेयर जितेका नेपाली गत वर्षको स्थानीय निर्वाचनमा एमालेकै तर्फबाट दोस्रो पटक ढोरपाटनको मेयर जितेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist