Sunday, June 2, 2024

आजको मिति: २०८१ जेष्ठ २० ,आईतवार

TRENDING
  Latest
दशनामी समाजको छलफल तथा अन्तरक्रिया सम्पन्न
बस्ताकोटीको सम्मानका साथ अन्त्येष्टि
हावाहुरीका कारण कास्कीमा १४ घर मा क्षेती
Next
Prev

भौतिकवादी आँखाबाट मनकामना

शिवजी तिवारी 

मानिसका आदिम कालदेखि आजसम्म धर्मका बारे भिन्न भिन्न धारणा प्रस्तुत भएको पाइन्छ ।धर्मको बिकास र विश्लेषण निश्चित समुदायको स्वार्थसँग प्रत्यक्ष सरोकार राखेको पाइन्छ।आफ्नो स्वार्थ समुहको हित र अनुशासनसँग संबन्धित रहेर उनीहरुको धर्मको बिकास,बिस्तार र परिमार्जित भएको पाइन्छ।समाजमा अनुशासन कायम गर्ने हेतुले शक्तिपिठको परिकल्पना गरेको पाइन्छ । तिनै शक्तिपिठ आजकादिनमा आन्तरिक तथा बाह्य पर्यटनलाई बिकास र बिस्तार गर्न कोशेढुङ्गा साबित भएको छन।गत मङ्सिर महिनाको अन्तिम दिन कक्षा ९ र १० का विद्यार्थीलाई शैक्षिक भ्रमणको (लुम्बिनी, पाल्पा,पोखरा,गोर्खा हुँदै  चितवन ) निम्ति चपुरदेखि साँझ खाना खाएर यात्राको सुभारम्भ गरियो । सबैजसो ठाउँ पहिल्यै घुमिसकेको हुनाले मेरो मनमा त्यति सार्हो उत्साह थिएन । तर गोर्खा मनकामनामा म पहिलो पटक पुग्ने लागेको हुँदा छुट्टै किसिमको आनन्द महसुस भैरहेको थियो।धार्मिक दृष्टिले म नास्तिक नै हुँ भन्दा अत्यासयुक्ती नहोला ।मनकामना दर्शनको निम्ति भन्दापनी मेरा परिवारका सबै सदस्य बडो श्रद्दापुर्वक दर्शनको निम्ति त्यहाँ पुगिसकेको हुनाले मलाई एकपटक त्यहाँ पुगेर त्यसको बस्तुस्थितीको अध्ययन गर्नु थियो ।शुक्रबार दिनभर पोखरा घुमेर सँझको बासको निम्ति आँबुखैरानी गएर बास बसियो। अघिल्ला दुइदिनको अनिँदो म खाना खाएर कोठामा पुग्ने बित्तिकै निदाएछु। बिहान ४:३० बजे बिद्यालयका प्राचार्य श्री अच्युत हुमागाइँ सरले उठाएपछि हामी मनकामना जाने तयारी थाल्यौं ।मनकामना पुग्नको निम्ति मुख्यतः तीन विकल्प रहेछन तनहुँको आँवुखैरेनीबाट ३/४ घण्टाको उकालो पैदल यात्रा गरेर ,आँबुखैरेनीबाट गोरखा तर्फ अँवुवा भन्ने ठाउँबाट र गोरखा सदरमुकामदेखि बुंकोट, घैरुङ्ग, हुँदै मोटरबाटो मार्फत मनकामना मन्दिर र  पृथ्वी राजमार्गको चितवन जिल्लाको ईच्छाकामना गाउँपालिका अन्तर्गत कुरिनटार नजिकै चेरेस भन्ने स्थानबाट मनकामना मन्दिर परिसर नजिकैसम्म करिव २.७ कि.मी. लम्वाई रहेको केवलकार ।आँबुखैरानीबाट प्रतीब्यक्ती रु ५०० तिरेपछि सुमोले मनकामना पुर्याएर ल्याइदिने मोटरबाटोको विकल्प हाम्रो लागि उपयुक्त लाग्यो। बिहान ६:०० बजे सुमो चड्यौँ।सुमोमा चर्को आवजमा बिरु लामा र बिनिता गुरुङको लोकदोहोरी गित …….चले सरि आँधी र बेरिआँधी र बेरिआयो बैश चार दिशै नहेरीगोर्खा मनकामना..झ्याप्पै माया लाई हालम भने निठिक छैन जमाना….………………………………………………………………………………………
सजिव चेतनाको उच्चतम बिकास भएसँगै सामाजिक चेतनाको बिकास  सुरु भयो।सजिव चेतनाको उच्चस्तरको चेतना मानव जातिमा देखापर्यो। समुहको प्राथमिक चेतनाभन्दा माथि उठेर मानिस आफ्नो चेतनाको बिकासलाई आकार दिँदै जाँदा मानव समुदायले एउटा काल्पनिक संसार बनाए त्यसलाई धर्म भनेर अथ्र्याउन थालियो।      धर्म मानिसको सामाजिक चेतनाको एउटा निकै पुरानो रुप हो। मानव उपस्थितिको घनत्वअनुसार यसको प्रचार र प्रभाव रहेको प्रष्ट नै छ।धर्म एउटा लामो इतिहास बोकेको सामाजिक परिघटना हो। भिन्न सोच र योजना भएका मानिसलाई एकीकृत बनाएर जोड्ने एउटा प्रभावकारी माध्यम पनि हो धर्म।बाल्यकालदेखि नै व्यावहारिक जीवनमा आफूले सुनेका र देखेका कुराबाट नदेखिनेर नजानिदो ढङ्गले मानिसहरूमा त्यसको प्रभाव परेको हुन्छ ।       धर्मको उत्पत्ति धेरै पहिले भएको थियो र त्यसको मूल स्रोत मानिसहरूको आफू र बाह्य प्रकृतिबीचको सम्बन्धबारे गलत धारणा थियो । आदिम जमानाका मानिसहरूले प्रकृतिमा घटेका आँधीबहेरी, मेघ गर्जन, तुफान, बिजुली चम्काइ आदि घटनाहरू देख्दा कस्तो धारणा बनाए भने ती सारा घटनाहरूका पछिल्तिर कुनै पारलौकिक शक्ति, ईश्वर छन् । त्यसरी, मानिसहरूका तर्फबाट ईश्वरको सृष्टि हुन गयो । उक्त धारणा अज्ञानतामाथि अधारित थियो र त्यही अज्ञानताका कारणबाट कुनै अलौकिक, अप्राकृतिक (supernatural) तथा रहस्यात्मक शक्तिहरूप्रति उसमा विश्वास पैदा भयो । सुविदित तथ्य के छ भने कुनै अलौकिक शक्ति, ईश्वरप्रति विश्वास नै धर्मको मूल सार र आधार हो, किनभने संसारमा कुनै पनि त्यस्तो धर्म छैन, जसमा ईश्वर नभएको होस् जहाँ धर्म छ, त्यहाँ ईश्वरको अस्तित्व रहेकै हुन्छ ।               गोरखा जिल्लाको शहिद लखन गाउँपालिकामा अवस्थित मनकामना माईको मन्दिर नेपालका महत्वपूर्ण शक्तिपीठमध्य एक मानिने रहेछ। स्थानीयका अनुसार  वार्षिक रुपमा करिव ११/१२ लाख भक्तजनहरु मनकामनाको दर्शनका लागि पुग्ने गर्दछ्न। विशेषगरी दशैँ, नागपञ्चमी, अष्टमी, गुठी पञ्चमी र वैशाख पञ्चमीका दिन पूजा गर्न आउने श्रद्धालु भक्तजनहरुको यहाँ ठूलो भीड लाग्ने रहेछ । यहाँ प्रत्येक अष्टमीका दिन बली चढाइने रहेछ । मनकामना माईको दर्शन गर्नाले मनले चिताएको इच्छा (मनोकांक्षा) पूरा हुने धार्मिक विश्वास रहि आएको पाइयो । त्यसैले यो मन्दिर अत्यन्तै महत्वपूर्ण धार्मिक पर्यटकीय स्थलको रुपमा स्थापित छ । नेपालमा प्रथम शहिद लखन थापा मगरले पनि आफ्नो विद्रोही अभियानमा जनसमर्थन बढाउनका लागि रणनीतिक रुपमा मनकामना माई र  मनकामना प्रथम पुजारी सिद्ध लखन थापाको प्रसिद्धीलाई उपयोग गरेको भन्ने सुन्दै आइएको थियो ।राम शाहकी रानी लिलावती स्वयं मनकामना माईको अवतार थिइन् भन्ने जनविश्वास रहेको छ । सिद्ध लखन थापा मगर गोरखा दरवारमा रानी लिलावतीको सेवक थिए । राजा राम शाहको मृत्यु भएपछि सतगती गर्न मस्र्याङ्दी नदी र दरौँदीको दोभान बेनी (रामशाहघाट) भन्ने ठाउँमा राजाको चिता बनाइयो । रानी सती जान तयार भईन् । यो देखेर भक्त लखन थापा मगर शोकले विह्वल भएर विलाप गर्दा रानीले लखन थापालाई सम्झाउँदै – ‘म फेरि पनि तिमीलाई मेरो सेवा गर्ने मौका दिनेछु । तिमी आफ्नो गाउँ कफ्याकमा फर्क । म त्यही ठाउँमा शिलाको रुपमा उत्पत्ति भई भक्तजनहरुको मनोकामना पूरा गरिदिनेछु ।’ भनी सती गइन् । धार्मिक कथन अनुसार त्यसको ६ महिनापछि हाल मनकामना भगवतीको मन्दिर रहेको ठाउँमा स्थानीय धनध्वज गुरुङले गोरु जोत्दा हलो अड्की एउटा शिलाबाट दूध र रगत बग्न थालेछ । दिव्यदृष्टि भएका सिद्ध लखन थापाले तान्त्रिक विधिद्वारा पूजापाठ गरेपछि रगत वग्न रोकिएको र सोही थलोमा देवीको मन्दिर स्थापना गरिएको किम्बदन्ती रहेछ । सो घटनापछि गोरखाका राजाले मनकामना माईको सेवा गर्न लखन थापा र उनका दर सन्तानलाई पुजारी नियुक्ति गरी नित्य पूजा चलाउन जग्गा गुठी र विर्ता लालमोहर लगाई दिएका थिए । मनकामना माईको हालको पुजारी इन्सान थापा मगर सिद्ध लखन थापाको अठारौँ पुस्ताका सन्तान मानिन्छन् । प्यागोडा शैलीमा निर्मित मनकामना माईको पुरानो मन्दिर सत्रौँ शताब्दीमा बनेको मानिन्छ । शाह बंशका राजा र नेपाली जनताको साझा राष्ट्रिय इष्ट देवी मानिने भएकाले मनकामना विशिष्ट देवी भगवतीको रुपमा रहेको छ । मन्दिरमा नित्यपूजा विहान ७ बजेदेखि साँझ ६ बजेसम्म गरिदो रहेछ । भित्री पूजा सकेर पूजारीले मन्दिर परिक्रमा गरिसकेपछि मात्र सर्वसाधारणको लागि बली र पूजाको निम्ति  खुल्ला गरिने रहेछ। गोरखा जिल्लाको सदरमुकाम पोखरीथोक बजारबाट १२ किलोमिटर दक्षिणपूर्वी भागमा अवस्थित मनकामना मन्दिर निकै सुन्दर ठाउँ रहेछ । मनकामनाको दर्शनले मनोकांक्षा त पूरा सायदै होला तर समुद्री सतहदेखि १३०३ मिटरको उचाइमा अवस्थित यो मन्दिरको परिसरबाट दक्षिणतिर महाभारत लेक र छिम्केश्वरी डाँडाका साथै उत्तरी भागमा अन्नपूर्ण हिमाल र मनासलु हिमालका चुचुराहरु देख्दा जो कोहि पनि स्वर्गीय आनन्द हो भन्न पछि पर्दैन । मेरो मन एकतमसाले प्रफुल्ल भयो । साथै मन्दिर प्राङ्गणबाट सूर्योदय समयमा क्षितिजमा मनमोहक दृष्य देख्दा त यो धर्तीको अमुल्य बस्तु नै त्यही हो जस्तो लाग्यो। स्थानीय बासिन्दाको अनुसार मनकामना मन्दिर अगाडी रहेको यो चाँपको रुख करिव ४०० वर्ष पुरानो रहेछ। पहेलो फुल फुल्ने यो चाँपको रुख उमेरका कारण बोक्राहरु चाउरिदै गए जस्तो देखिन्छ । स्थानियबासीहरुका अनुसार चाँपको यस रुखबाट कडा वासना आउँछ । जुन वासना लम्जुङ सम्म पनि पुग्दछ रे । उनीहरुका अनुसार हुरी बतास अउँदा धेरैपटक रुखका हाँगाहरु भाच्चिए तर अहिलेसम्म मानविय तथा भौतिक नोक्सानी भएको छैन । त्यसैले यो रुखमा पनि भगवती देवीको वास भएको मान्दा रहेछन् ।सुमोको झ्यालबाट बाहिर हेर्दा सुन्तलाको बगैंचामा लटरम्म फलेका सुन्तला देख्दा अद्दिय सुन्दरताको अनुभुति संकलन गर्न पाइयो। तराईमा हुर्केका हाम्रा विद्यार्थीका निम्ति यो निकै अनौठो र उत्साहबर्द्धक रहन पुग्यो।  समग्रमा भन्नुपर्दा माउन्ट एभरेस्ट आवसिय मा.वि चन्द्रपुर ५ रौतहटको २०७८ सालको शैक्षिक भ्रमण निकै अबिस्मरणिय रह्यो। मलाइ बिश्वास गरेर भ्रमण टोलिमा समावेश गर्ने बिद्यालयका प्रबन्ध संचालक आदरणीय गुरु उमेश बास्कोटा,इतिहास,भूगोल र भाषाका ज्ञाता आदरणीय प्राचार्य अच्युत हुँमागाइ, रमाइलोको प्रायः आदरणीय सहपाठी उषा देवकोटा , निकै उत्साही  ,अनुशाशीत र सहयोगी विद्यार्थी भाइबहिनीहरु साथै  समग्र बिद्यालय परिवारप्रती कृतज्ञ छु।

(लेखक कालिका मा.बि. पोखरा १०, रामबजार कास्कीका शिक्षक हुन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist