Sunday, May 19, 2024

आजको मिति: २०८१ जेष्ठ ६ ,आईतवार

  • निति नियम
  • बाल प्रतिभा
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • निति नियम
  • बाल प्रतिभा
  • शिक्षा/स्वास्थ्य
  Latest
कानुनी सचेतना कार्यक्रम सम्पन्न
नवलपुरमा गैँडा र पाटे बाघ मृत फेला
ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु
वनमा आगो लगाउने एक जना पक्राउ
Next
Prev

वर्तमान समयमा श्रीमद्भगवद्गीताको सान्दर्भिकता

श्रीमान सभापति ज्यू, प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिजन, निर्णायक मण्डल, आदरणीय गुरुवर्ग तथा सम्पुर्ण प्रतियोगी तथा अन्य हितैशी साथीहरू….
म …….. कालिका मा।बि रामबजारको प्रतिनिधित्व गर्दै हजुरहरुको सामु आजको युगमा भगवत गीताको सान्दर्भिकताको बिषयमा छोटो बिचार प्रस्तुत गर्न जाँदै छु।आदरणीय सभाध्यक्ष महोदय, म आफ्नो बिचार प्रस्तुत गर्ने अनुमति चहान्छु।
मोक्षशास्त्रका रुपमा प्रख्यात श्रीमद्भागवत गीता हिन्दू धर्मका पवित्रतम ग्रन्थहरू मध्य एक ऐतिहासिक हिन्दूग्रन्थ महाभारतको भीष्म पर्वबाट लिइएको सानो धर्मग्रन्थ हो । महाभारत युद्धमा प्रतिद्वन्द्वीको रुपमा सबै आफन्तहरु खडा भएपस्चात अर्जुनले आफ्नाहरुको हत्या गरेर जितिने युद्ध लड्न इन्कार गरे। धर्म युद्धको मैदानमा धर्मको पक्षपाती सेनाका मुख्य यौद्दा नै धनुष बिसाएर युद्ध नलड्ने बालहठ गरेर अज्ञानी भएका बेला श्रीकृष्णजीले अर्जुनलाई सम्झाउने उद्देश्यले भन्नुभयो किन व्यर्थ चिन्ता गर्छौरु कोदेखि व्यर्थै डराउदछौरु तिमीलाई कसले मार्छरु आत्मा न जन्म लिन्छ न मर्छ। जे भयो, त्यो राम्रो भयो। जे हुँदैछ, त्यो राम्रै हुँदैछ। जे हुनेछ, त्यो पनि राम्रै हुनेछ। तिमी भूतकालको पश्चताप नगर, भविष्यको पनि चिन्ता नगर। वर्तमान चलिरहेको छ।तिम्रो के गएको छ र तिमी रुन्छौरु तिमीले के लिएर आएका थियौ र तिमीले हरायौरु तिमीले के पैदा गरेका थियौ र नाश भयोरु तिमीले केही लिएर आएका थिएनौ। जे पायौ, यहीँबाट पायौ। जति दियौ, यहीं नै दियौ। खालि हात आएका थियौ, खालि हात नै गयौ, जे आज तिम्रो छ, त्यो हिजो अरु कसैको थियो, भोलि अरु कसैको हुनेछ। तिमी यसलाई आफ्नो सम्झेर मग्न भैरहेका छौ। यहीं खुसी नै तिम्रो दुःखको मूल कारण हो।
परिवर्तन संसारको नियम हो। जसलाई तिमी मृत्यु सम्झन्छौ, त्यही जीवन हो। एक क्षणमै तिमी करोडपति बन्दछौ, दोश्रो क्षणमा तिमी दरिद्र बन्दछौ। मेरो, तिम्रो, सानो, ठूलो, आफ्नो, अर्काको भन्ने मनबाट हटाइदेऊ, अनि सबै तिम्रो हो, तिमी सबैका हौ। तिमी आफू आफै भगवानमा अर्पित हौ। यही नै सबभन्दा ठूलो सहारा हो। जसले ईश्वरको सहारालाई जान्दछ, त्यो डर, चिन्ता, शोकबाट सधैंका लागि मुक्त हुन्छ।
मान्छे जन्मिन्छ केहि समय यहि रहन्छ र मर्छ। त्यसैले तिमी आसक्ती रहित भएर काम गर जसले गर्दा तिमी बन्धन बाट मुक्त हुनेछौ। तिमीले जे गर्दछौ, त्यो भगवानलाई अर्पण गर्दै जाऊ। यसो गर्नाले तिमीले सधैंभरि जीवन मुक्त भएको आनन्द अनुभव गर्नेछौ। माथी उल्लेखित ज्ञान दिएपछि अर्जुन युद्धका लागि तयार भएका थिए।
सभाध्यक्ष महोदय उक्त गीता ज्ञान यस धर्तीमा भगवान श्रीकृष्ण मार्फत आएपछि सबै सर्वसाधारणको पहुँचमा पुर्याउने हेतुले त्रिकालदर्शी ब्यासले गीता ज्ञानलाई १८ अध्यायमा लिपिबद्द गर्नुभएको हो। तिनै १८ अध्याय हिन्दु समाजमा महत्त्वपूर्ण धर्म नियमका स्वरूपमा अमर छन। । सारांशमा भन्नुपर्दा गीताका अध्यायहरु १८ ईश्वरीय कानुनका रुपमा हिन्दुसमाजमा स्थापित छन् ।
सभाध्यक्ष महोदय, यस वक्तृत्वकलाको लागी सन्धर्व सामग्री केलाउने क्रममा मैले के अनुभव गरेँ भने , भौतिक सुख र आत्मिक सुखको सन्तुलन नहुँदा वास्तविक सुख प्राप्तिको बाटोमा मृगतृष्णा बनिरहेको रहेछ ।अझै प्रष्ट रुपमा भन्दा मनुष्य जीवनमा भौतिक तवरले सुख खोज्ने क्रममा ुसुख र जीवनु शिशिर बसन्तको कथामा आगोको खोजीमा उज्यालो पच्छ्याँदै जाँदा दाजुभाइ बिछोडिएको जस्तै भएको रहेछ ।
वर्तमान भौतिकबादी समाजमा मान्छेहरू स्वार्थको दलदलमा परेर आत्मिक चिन्तनबाट आफ्नो दुरी बढाइरहेका छन।धार्मिक भावलाइ बुढेसकालका निम्ति भन्दै सांसारिक माया मोहलाई अँगालो हालिरहेका छन। यस्तो विषम परिस्थितिलाई पुन धार्मिक काबुमा ल्याउन बिद्यालय शिक्षा बाट नै गीतको मर्मलाइ आत्मसात गर्दै लग्नु अत्यावश्यक छ।यदी भागवत गीतालाई बिद्यालय शिक्षाका माध्यमबाट विद्यार्थीहरु सम्प्रेषण गर्ने हो भने यसले समाजमा निर्देशनात्मक प्रविधिको रुपमा कार्य गर्दछ। जसले व्यक्तिहरुलाई ज्ञानको र नयाँ परिस्थितिमा सिकेका व्यवहारहरुको उचित विश्लेषण, संश्लेषण र आन्तरिक आधारहरुमा उचित मुल्यांकन गर्न सक्षम बनाउँछ।
अहिले हामी डिजिटल युगमा छौ । हामीसँग अहिले मनोरञ्जनका अनेकन विकल्प पनि छन् । त्यसमाथि सबै फेसबुक, ट्वीटर, इन्स्टाग्राम आदिमा अलमलिएका छौँ । भिडियो गेम, फिल्म जस्ता उपलब्ध सुविधाले हाम्रो पठन संस्कृति विथोल्दैछ ।आधुनिकताको नाममा आफ्नो संस्कार संस्कृतिको पालना भन्दा भद्दा श्रव्यदृश्य सामाग्री हेर्न काममा नै भुलिरहेका छौँ ।यस्तो पृष्टभूमीमा पुस्तक पढ्नुपर्छ भन्यो भने ‘हाइ काड्न’ थाल्नेको बोलाबाला छ । अझ जीवन(दर्शनका पुस्तकका प्रसंग उप्काएमा त मुन्टो बटार्ने र जडसुत्रको आरोप खेप्नुपर्छ। धर्मशास्त्र, जीवन दर्शनका गहन पुस्तकप्रति कसैको पटक्कै चासो छैन । किनभने सांसरिक मायामोहले ओतप्रोतहरुलाइ यी पुस्तक अनावश्यक र बेकारको लाग्छ। आफ्नो जीवनको उपलब्धीसँग यी पुस्तकको कुनै नाता छैन भन्ने लाग्छ । तथापि भगवत गीताले समाज र शिक्षाको उल्लेखनीय प्रगती र विकास गरेको थुप्रै उदाहरणहरु छन।
हिन्दू धर्म, दर्शन, सभ्यता या संस्कारको कुरा कोट्याउनासाथ भागवत गीताको प्रसंग आइहाल्छ। त्यति मात्रै होइन, युद्धको होस् या शान्तिकोस विद्याध्ययनको होस् या खेती(किसानीको, उद्यम(व्यवसायको होस् या देशाटनको, ज्ञानको होस् या कर्मको, धर्मको होस् या अधर्मको, स्वर्गको होस् या नरकको, राजनीतिको होस् या गृहनीति र कूटनीतिको जुनसुकै विषयमा चर्चा गर्दा भागवत गीताको प्रसंग र यसका श्लोकहरू उद्धृत भई नै हाल्छन् ।ज्ञानी, विद्वान्हरू गीताको व्याख्या र विश्लेषण गर्छन साहू महाजनहरू गीताका पुस्तक दान गर्छन निमुखाहरू गीताका श्लोक पढ्छन सुन्छन् । अर्थात् गीता सबैका लागि उत्तिकै प्रिय लाग्छ ।
सभाध्यक्ष महोदय, अन्त्यमा मेरो निष्कर्ष के हो भने , जीवनको शही मार्गनिर्देशन श्रीमद्भागवत गीताले दिनेछ। जब बिबिधता युक्त मानव समाजले एकाअर्कालाई फुलाउने फलाउने सङ्कल्प गर्दछौँ तब पुरै जगतको हित हुनेछ। जब हामी एक आपसमा बन्न सुरु गर्नेछौँ, मानव जीवन कुखुराको जस्तो लोभ, परेवाको जस्तो सन्तान मोह, राँगोको जस्तो क्रोध, बोकाको जस्तो काम बासना र हाँसको जस्तो अल्छिपनबाट मुक्त हुनेछ। संसारले नयाँ आयाम पाउन सुरु गर्नेछ।यहीँ बाट नै जीवनमा आत्मिक सुख दिलाउने मार्ग अर्थात् श्रीमद्भागवत गीताले निर्दिष्ट गरेको मार्गमा एकाकार हुनेछ।जय ! श्रीमद्भागवत गीता!

(श्री केदारेश्वर वैदिक गुरूकुल विद्याश्रमद्वारा गीता जयन्तीको पावन अवसरमा वर्तमान समयमा श्रीमद्भगवद्गीताको सान्दर्भिकता विषयमा आयोजित माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगितामा कालिका माध्यमिक विद्यालय, पोखरा १०, रामबजारमा अध्ययनरत छात्रा गीता किसानद्धारा प्रस्तुत बिचार )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist