पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको मूल आयोजक समिति गठन हुने भएको छ । आइतबार एक कार्यक्रमको आयोजना गरेर मूल आयोजक समिति गठन गर्ने कार्यक्रम रहेको आयोजक मानव सेवा फाउण्डेन नेपाल कास्की शाखाले जानकारी दिएको छ ।
आइतबार बिहान १० बजे मूल आयोजक समिति गठन गर्ने कार्यक्रम रहेको छ । यसको लागि गत चैत्र २१ गते बिहिबार मूल आयोजक समिति गठनका लागि महत्वपूर्ण तथा निर्णायक छलफल गरिसकिएको छ ।