पोखरा १५ मा स्थापना भएको मेरिल्याण्ड किड्स मन्टेश्वरीको ११ औ वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न गरिएको छ ।
पोखरा १५ को वडा अध्यक्ष तोरण बहादुर बाँनियाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमा विधार्थीहरुले फरक फरक दश नृत्य, सचेतनामुलक नाटक र गीत प्रस्तुत गरेका थिए । एल के जि मा अध्ययरत छात्र सायन थापाले ट्रयाकमा गाएको गीत सुन्दा कार्यक्रममा सहभागी अतिथी तथा अभिभावकहरु भावुक बनेका थिए । प्रमुख बानिँयाले बालबालिकाको शिक्षा, प्रतिभाको शुरुवात मन्टेश्वरीबाट गराउदा उनिहरुले उचित, व्यवहारीक र प्रयोगात्मक शिक्षा प्राप्त गर्ने हुँदा मन्टेश्वरी विधालयको भूमिका महत्वपूर्ण रहने बताए ।
सो अवसरमा उत्कृष्ट विधार्थीहरुलाई पुरस्कृत गरिनुका साथै शिक्षीकाहरुलाई बिभिन्न अवार्ड प्रदान गरिएको थियो । मन्टेश्वरीका संस्थापक तथा प्रवन्ध निर्देशक कुल प्रसाद सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा सराङ्गकोट बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर थापा, बाल अधिकार नेपालका अध्यक्ष गोमा ढकाल, कालिका मा.वि. पोखरा १०, रामबजार बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष दिपक थापा, बालबालिका प्रोत्साहन अभियान्ता प्रेन्सा रेग्मी, कालिका पब्लिक कलेजका कलेज प्रमुख ज्योतिबाबु पौडेल, अभिभावक अमृत क्षेत्री आ आफ्नो धारणा राखेका थिए । मन्टेश्वरीका संस्थापक तथा प्रिन्सिपल सिता तिमिल्सिना सुबेदीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको संचालन अस्मिता तिवारीले गरेकी थिइन ।
२०६८ सालमा स्थापना गरिएको मन्टेश्वरी हाल कक्षा १ सम्म संचालीत छ भने ९५ जना छात्र छात्रा अध्ययनरत छन् ।