Wednesday, March 12, 2025

आजको मिति: २०८१ फाल्गुन २८ ,बुधबार

TRENDING
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
कुमुदिनीमा होम्समा कथा वाचन प्रतियोगिता सम्पन्न
Next
Prev

प्रथम गण्डकी प्रदेश हस्तेलखन प्रतियोगिता सम्पन्न

विद्यालय तहदेखिनै बालबालिकाको अन्तर्निहित प्रतिभालाई प्रष्फुटन गर्र्ने उदेश्यले बुक्सबजार सप्लायर्सको अनलाईन बिक्री प्रबद्र्धक बुक्सबजार डट कम डट एनपीको आयोजनामा प्रथम गण्डकी प्रदेश कक्षागत खुल्ला हस्तलेखन प्रतियोगिता–२०७९ सम्पन्न भयो । कक्षा १ देखि कक्षा ८ सम्मका निजी तथा सामुदायिक गरी ४२ विद्यालयबाट सहभागी १२४ जना बालकालिकाहरूले ५०÷५० अंकभार रहेको अंग्रेजी र नेपाली दुवै भाषामा हस्तलेखन लेखेका थिए ।

कक्षा ८ बाट न्यू मोडल सेकेन्डरी स्कुल, पोखराका छात्राद्वय सजिता सिंह र रोजेना पौडेल क्रमशः प्रथम र द्वितीय भए भने हिलप्वाईन्ट सेकेन्डरी स्कुल पोखराका छात्र अर्जुन गुरुङले तृतीय स्थान हासिल गरे । त्यसैगरी कक्षा ७ बाट अर्जुनचौपारी चिल्ड्रेन्स एकेडेमी स्याङ्जाका छात्रा सुुप्रेया रोका प्रथम, ज्योतिकुञ्ज सेकेन्डरी इङ्लिस स्कुलका दिक्षित थापा द्वितीय तथा एल.ए. सेकेन्डरी स्कुल, पोखराका छात्र समर परियारले तृतीय स्थान हासिल गरे । त्यसैगरी कक्षा ६ बाट कालिका सेकेन्डरी स्कुल पोखराकी छात्रा सदिक्षा अधिकारी प्रथम, शुभतारा ३ एन्जल्स मिसन स्कुल पोखराका छात्र अविशेक परियार द्वितीय र श्री बालज्योति इङ्लिस बोर्डिङ स्कुल स्याङ्जाका छात्रा रोस्नी ए.सी. तृतीय भइन् । त्यसैगरी कक्षा ५ बाट अर्जुनचौपारी चिल्ड्रेन्स एकेडेमी स्याङ्जाका छात्रा जेनिशा के.सी. प्रथम, स्पाईरल ग्यालेक्सी एकेडेमी सेकेन्डरी स्कुल, पोखराका स्वस्तिका श्रेष्ठ द्वितीय र सृजना सेकेन्डरी स्कुल पोखराकी छात्रा स्मृति लम्साल तृतीय भईन् । त्यसैगरी कक्षा ४ बाट पोखरा एकेडेमी पोखराकी छात्रा एन्जिला भट्टराई प्रथम, अर्जुनचौपारी चिल्ड्रेन्स एकेडेमी स्याङ्जाका छात्र सन्जोग के.सी. द्वितीय र न्यू मोडेल सेकेन्डरी स्कुल पोखराकी छात्रा चादनी मगर तृतीय भए । त्यसैगरी कक्षा ३ बाट पोखरा एकेडेमी पोखराका छात्र प्रबल गुरुङ (पाण्डु) प्रथम, अर्जुनचौपारी चिल्ड्रेन्स एकेडेमी स्याङ्जाकी छात्रा सोनाली रोका द्वितीय र बालज्योति इङ्लिस बोर्डिङ स्कुल स्याङ्जा बयरघारीकी छात्रा रेश्मा सुनार तृतीय भए । त्यसैगरी कक्षा २ बाट रेन्बो एकेडेमीक होम्स, पोखराका छात्र ¥यान ढकाल प्रथम, प्रतिभा सेकेन्डरी स्कुल पोखराका छात्र प्रेरक अधिकारी द्वितीय र अर्जुनचौपारी चिल्ड्रेन्स एकेडेमी स्याङ्जाका छात्र सनिश के.सी. तृतीय भए । त्यसैगरी कक्षा १ बाट ज्योतिकुञ्ज सेकेन्डरी स्कुल, पोखराकी छात्रा आँचल श्रीस प्रथम, ग्लोबल कलिजियट स्कुल पोखराबाट छात्र समुल दिल गुरुङ द्वितीय र प्रतिभा सेकेन्डरी स्कुल पोखराका छात्रा आर्या पौडेल तृतीय भए । प्रथम हुनेले जनही रु. १०००।– नगद पुरस्कारका साथ प्रमाणपत्र, मेडल, ट्रफी, कपीका साथ हस्तलेखन पुस्तिका पाए भने द्वितीय र तृतीय हुनेले मेडल, ट्रफी, प्रमाणपत्र पुरस्कार पाए भने बाँकी १०० जनाले मेडल, प्रमाणपत्रका साथ सान्त्वना पुरस्कारहरु प्राप्त गरे । निजीमा हिलप्वाईन्ट सकेन्डरी स्कुल र सरकारीमा कालिका माध्यमिक विद्यालयले सबैभन्दा बढी विद्यार्थी सहभागिताको ट्रफी हात पारे भने सरकारी तर्फ कालिका माध्यमिक विद्यालय र निजी तर्फ प्रतिभा सेकेन्डरी स्कुलले सबैभन्दा उत्कृष्ट हस्तलेखनको ट्रफी हात पारे ।

पोखरा १२ रानीपौवास्थित ग्लोबल कलेजियट स्कुलको प्राङ्गणमा सञ्चालित कार्यक्रमका प्रमुख अतिथि प्रगति आवासिय विद्यालयका प्राचार्य एवं शिक्षासेवी प्वाब्सन गण्डकी प्रदेशका अध्यक्ष श्री दिनेशकुमार श्रेष्ठ रहनुभएको थियो । आफ्नो मन्तव्यको क्रममा उहाँले मानव आचरणको प्रतिबिम्ब हस्तलेखनबाट समेत थाहा पाउन सकिने हुनाले यो कार्यको शुरुवात गरेकोमा आयोजक संस्थालाई धन्यवाद दिनुभयो । सहभागी विद्यार्थी तथा अभिभावकहरूलाई यस्तो प्रतियोगिता नछुटाउन अनुरोध गर्नुहुँदै भविष्यमा आफ्नो पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई सफल बनाउन पुरस्कार प्रायोजन गर्नुहुने ओएलए (वल्ड लैकोरियन एसोशिएसन नेपाल), सरकारी विद्यालयतर्फको उत्कृष्टलाई बर्षभरीको लागि स्टेशनरी प्रायोजन गर्नुहुने कबार्टका सञ्चालक इन्द्र क्षेत्रीलाई धन्यवाद सहित मायाको चिनो हस्तान्तरण गरियो भने अन्य सहयोगी संस्थाहरू ग्लोबल कलिजियट स्कुल, प्रगति आवासिय विद्यालय, युनिप्स कास्की, कर्म फ्लाईट, फ्रन्टपेज कन्सल्टेन्सी, आमाघर पाठशाला, कास्की जिल्ला ब्याडमिण्टन संघ र लक्ष्मी आवासिय सेकेन्डरी स्कुललाई पनि धन्यवाद सहित मायाको चिनो प्रदान गरियो । त्यसैगरी निर्णायकको भूमिका निर्वाह गरी सहयोग गर्नुहुने डीबी बान्तवालाई पनि स–धन्यवाद मायाको चिनो प्रदान गरियो । आयोजक संस्थाका अध्यक्ष दिपक सारु मगर, सूचना अधिकारी नबिन अधिकारी, मुल कार्यकारी समितिका सदस्यज्यूहरू, सल्लाहकारज्युहरू लगायत प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याउनुहुने सम्पूर्ण सहयोगीहरु, सहभागी भाईबहिनीहरु, शिक्षक गुरुवर्ग तथा अभिभावकहरुलाई धन्यवाद दिनुहुँदै प्रतियोगिताको कार्यक्रम निर्देशक एवम् कार्यक्रम सञ्चालक शेरबहादुर क्षेत्रीज्यूले कार्यक्रम समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist