कालिका मा.बि.पोखरा १०, रामबजारमा बिद्यालय व्यवस्थापन समिति अध्यक्षमा दिपक बहादुर थापा चयन भएका छन । २०७९ साल फाल्गुन ५ गते बिद्यालय भएको अभिभावकहरुको भेलाले पोखरा महानगर पालिकाका शिक्षा नियमावली २०७४ र त्यसमा भएको संसोधनको व्यवस्था अनुसार अभिभावकहरुबाट नबिन अधिकारी, मनोज गुरुङ्ग र सीता शर्मा चयन भएका थिए । पोखरा महानगर पालिकाका वडा न. १० को वडा शिक्षा समितिले दिपक बहादुर थापा, नारायण श्रेष्ठ र वडा कमिटीको तर्फबाट सुनीमाया नेपाली सिफरिस भएपछी अभिभावकहरुबाट चयन सदस्य, वडाबाट सिफरिस सदस्य र प्रध्यानाध्यापक सहीतको बिद्यालय व्यवस्थापन समितिको बैठकले अम्मर बहादुर के.सी.लाई सदस्यमा मनोनित गरेपछी बसेको व्यवस्थापन समितिको बैठकले दिपक बहादुर थापालाई दोस्रो कार्यकालका लागी अध्यक्षमा चयन गरेको हो ।
पोखरा महानगर पालिकाका वडा न. १० का निबर्तमान वडा सदस्य रहेका थापासग बिभिन्न सामाजिक, शैक्षिक तथा ब्याबसायिक संस्थाको नेतृत्व गरेको अनुभव रहेको छ । अध्यक्षमा चयन भएपछी थापाले पहीलो कार्यकालमा सम्पन्न गर्न बाकी निमार्ण कार्य सम्म्पन्न गरी बिद्यालयको शैक्षिक गुणस्तर सुधारका गरी उत्कृष्ठ शैक्षीक बनाउन लागीपर्ने बताए ।