पोखरा–१० रामबजारमा अवस्थित कालिका कालिका पब्लिक कलेजमा नव बर्ष २०८० को पावन अवसरमा शुभकामना आदान प्रदान , शैक्षिक सत्र २०८० को शैक्षिक क्यालेण्डर बिमोचन र छात्रछात्रालाई छात्रबृत्ती वितरण कार्यक्रम सम्पन्न गरेको छ । कलेज संचालन समितिका अध्यक्ष गीता आचार्यको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा बर्ष उत्कृष्ट बिद्यार्थिको रुपमा बि एड तेस्रो बर्षमा अध्ययनरत छात्र दिपु चौधरीलाई सम्मान गरिएको थियो ।
समाजसेबी तथा चन्दादाता रिब बहादुर थापाको प्रमुख आतिथ्तामा सम्पन्न उक्त कार्यक्रममा कलेज प्रमुख ज्योतिबाबु पौडेलले चन्दादाताहरुबाट प्राप्त रकमको ब्याज र कलेजको आन्तरिक स्रोतबाट जम्मा रु.६,५४,४१३।०० को छात्रबृत्ती १५१ जना विद्यार्थीहरुलाई बितरण गरिएको जानकारी दिदै चन्दादाताहरु प्रती आभार ब्यक्त गर्नुभयो ।
त्यस कार्यक्रममा कालिका मा.वि. वि.व्य.स.अध्यक्ष दिपकवहादुर थापा, कलेज संचालन समितिका निबर्तमान अध्यक्ष जनक बहादुर बोहरा, कालिका मा.वि.का भुत पूर्व प्रधानाध्यापक महेश गुरुङ्ग, कालिका मा.वि.का सहायक प्रधानाध्यापक श्रीराम आचार्य, चन्दादाता तथा समाजसेबी अनीता तिमिल्सिनाले आफ्नो भनाई राख्नुभएको थियो । कलेज संचालन समितिका निबर्तमान अध्यक्ष जनक बहादुर बोहराले शैक्षिक सत्र २०८० देखी एक एक जना छात्र छात्रालाई छात्रबृत्ती प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
कलेजका त्तब्ब् संयोजक रमेशराज बरालले संचालन गरेको कार्यक्रममा बर्ष उत्कृष्ट बिद्याथि दिपु चौधरीले कलेजले गुणस्तरिय शिक्षा प्रदान गरिरहेकोमा कलेजप्रती आभार ब्यक्त गर्दै कालिका पब्लिक कलेज विद्यार्थीहरुको रोजाइको कलेज रहेको बताए ।

