Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

TRENDING
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

नागढुङ्गा विकास समाजको अध्यक्षमा सुवेदी

पोखरा ८ स्थित नागढुङ्गा विकास समाजको क्यालेण्डर विमोचन, शुभकामना आदानप्रदान, पुरस्कार वितरण तथा बाह्रौं साधारणसभा तथा पाँचौं अधिवेशन मंगलबार सम्पन्न भएको छ ।
अधिवेशनले वर्तमान अध्यक्ष डम्मरराज सुवेदीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
अधिवेशनले उपाध्यक्षमा गंगादेवी ढकाल, सचिवमा श्यामबहादुर श्रेष्ठ, कोषाध्यक्षमा रिना थापा, सहसचिवमा केशवराज ढकाललाई निर्वाचित गरेको छ । यसैगरी सदस्यहरुमा गुरुप्रसादश शर्मा, बबिता लामिछाने, मेडिका श्रेष्ठ, सुशिला शर्मा, रचना थकाली र पूर्णमाया जुग्जाली पुन सर्वसम्मत निर्वाचित भएका छन् ।
यसअघि समाजका आजीवन सदस्य चण्डिप्रसाद अर्याल, सल्लाहकार हेरम्ब शर्मा तथा समाजसेबि केशवराज ढकाल (क) सम्मिलित तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।
पोखरा महानगरपालिका वडा नं। ८ का अध्यक्ष रुद्रनाथ बरालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि बरालले नागढुङ्गा विकास समाजको कार्यबाट आफू अत्यन्तै प्रभावित भएको र समाजले गरेका हरेक कामहरु महानगरस्थित संघ संस्थाका लागि अनुकरणीय भएको बताउनुभयो । राजनीतिक आस्थालाई सामाजिक क्षेत्रबाट अलग राखेर समाज सुधारको क्षेत्रमा इमान्दारीपूर्वक लागेकाले यो उपलब्धी सम्भव भएको र समाजका आगामी कार्यक्रममा वडाले यथासक्य सहयोग गर्ने आश्वासन दिंदै क्यालेण्डर विमोचन तथा पुरस्कार वितरण गर्नुभएको थियो ।
कार्यक्रममा आजीवन सदस्य चण्डीप्रसाद अर्याल, केशवराज ढकाल तथा श्याम बहादुर श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
उक्त अवसरमा संस्थाबाट प्रकाशित क्यालेण्डरमा आर्थिक सहयोग गर्ने महानुभावहरु तथा उत्कृष्ट कौशी खेती कृषकहरुलाई सम्मान गरिएको थियो ।
समाजका अध्यक्ष डम्मरराज सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजकी सदस्य रिना थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन सचिव गुरुप्रसाद शर्माले गर्नुभएको थियो ।
नवनिर्वाचित कार्यसमितिको सपथ पछि बोल्दै अध्यक्ष सुवेदीले समाजसेवाको काम अत्यन्तै कठिन हुने र यसमा सम्पूर्ण सदस्यहरुको साथ र सहयोग रहने विश्वास व्यक्त गर्दै आफूलाई पुनः अध्यक्षमा निर्वाचित गर्नुभएकामा समाज सम्बद्ध सदस्यहरुलाई धन्यवाद दिनुभएको थियो । साथै वहाँले सिसि क्यामेराको प्रभावकारी संचालन, कौशीखेती प्रवद्र्धन तथा समाज सुधारका लागि दत्तचित्त भएर लाग्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
स्मरणीय छ, २०६८ सालमा स्थापित नागढुङ्गा विकास समाजको कार्यालय पोखरा ८ , नागढुङ्गामा रहेको छ । यस संस्थामा हाल १२५ जना आजीवन सदस्यहरु आवद्ध छन् भने समाजले समाज सुधारका विविध कार्य लगायत सफा, सभ्य र उज्यालो वस्ती निर्माण गर्ने प्रतिवद्धता सहित सडक मर्मत, सडकबत्ती व्यवस्थापन, कौशीखेती प्रवद्र्धन, सरसफाई, समाजको विस्तृत विवरण सहितको दर्पण प्रकाशन तथा टोलवस्तीको शान्ति सुरक्षालाई ध्यानमा राखी २२ वटा सिसि क्यामेरा जडान गरी आफ्नो टोललाई नमुना टोलको रुपमा प्रस्तुत गर्ने जस्ता उदाहरणीय कार्य गरेको छ ।

Exif_JPEG_420

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist