लायन्स क्लब अफ पोखरा पिस टाउनमा लायन बर्ष २०२३÷१०२४ का लागि अध्यक्षमा लायन केसी माया नेपाली सर्बसम्मत निर्बाचित हुनुभएकोमा छ ।
त्यसैगरी सचिबमा लायन बसन्ति बास्तोला , कोषाध्यक्षमा लायन रेश्मा श्रेष्ठ ,प्रथम उपाध्यक्षमा लायन कान्ति पौडेल ,द्वितिय उपाध्यक्षमा लायन राधा थापा तथा तृतीय उपाध्यक्षमा लायन आसा पाहारी निर्वाचित भएका छन ।
क्लबका अध्यक्ष सिता तिमिल्सिना सुवेदीको अध्यक्षमा सम्पन्न कार्यक्रममा पुर्ब अध्यक्ष तथा डीष्ट्रीक ए ओ जी लायन सबिता बराल ,लायन सीता कोइराला , जोन चियरपर्सन लायन शोभा पौडेल , संथापक अध्यक्ष लायन नारायणी कोइराला ,पुर्ब अध्यक्ष लायन सरला तिमिल्सिना निर्बाचित पदाधिकारीलाई हार्दिक बधाई साथै सफल र उत्कृष्ट बर्षको शुभकामना दिनुभएको थियो।
अध्यक्ष सिता तिमिल्सिना सुवेदीले लायन बर्ष २०२२÷१०२३ सफल बनाउन महत्त्वपूर्ण भुमिका निर्बाह गर्नुहुने पुर्ब अध्यक्ष तथा पदाधिकारी लगायत लायन साथिहरु प्रती हार्दिक आभार प्रकट गरिन ।


