Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

TRENDING
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

बालबालिकामा कुपोषण

नवलपुर जिल्लामा १७६ बालबालिकामा कुपोषण भएको पाइएको छ । लामो समयसम्म प्रोटीन, कार्बोहाइड्रेट, चिल्लो पदार्थ, भिटामिन र खनिज को सन्तुलित आपूर्ति नहुनुलाई कुपोषण भनिन्छ । विभिन्न तथ्यांक अनुसार नेपाल मा बालबालिकाहरू लाई हुने रोगको प्रमुख कारण कुपोषण नै हो । जसका कारण नेपाली बालबालिकाहरूको शारीरिक तथा मानसिक विकास प्रभावित भएको छ । यसरी कुपोषणको सिकार हुनेमा दुई वर्षमुनिका बालबालिकाहरूको संख्या सर्वाधिक देखिएको छ ।
व्यस्त जीवनशैली र सन्तुलित आहाराको व्यवस्थापन गर्न नजान्दा बालबालिका कुपोषणबाट प्रभावित हुने अवस्था आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले बताए ।
साउनदेखि चैतसम्म नौ महिनाको अवधिमा १११ जनामा शीघ्र कुपोषण पाइएको छ भने ६५ बालबालिकामा मध्यम खालको कुपोषण देखा परेको स्वास्थ्य प्रमुख चापागाईंले जानकारी दिएका छन् । यीमध्ये ३७ बालिकामा कडा, ५३ जनामा मध्यम र २८ जना बालकमा कडा साथै ५८ जनामा मध्यम कुपोषण देखा परेको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ ।
पालिकामध्ये सबैभन्दा बढी कावासोती नगरपालिकामा १८ बालबालिकामा शीघ्र कुपोषण पाइएको कावासोती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य अधिकृत कृष्णप्रसाद नागिलाले बताए । जनस्वास्थ्य अधिकृत नागिलाले कुपोषणबाट बच्चालाई जोगाउन प्रमुखतामा जन्मेदेखि ६ महिनासम्म बच्चालाई आमाको स्तनपान निरन्तर गराउनुपर्ने बताएका छन् । छ महिनापछि आमाको दुधसँगै शक्ति, वृद्धि र रक्षावर्धक पोसिलो खाना खुवाउनुपर्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist