Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

TRENDING
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

बाली विज्ञान पढ्ने विद्यार्थीलाई गाउँपालिकाको अनुदान

पर्वतको जलजला गाउँपालिकाले सामुदायिक शिक्षालाई गुणस्तरीय, प्रविधियुक्त र युग अनुकूलको शिक्षाका रूपमा विकास गर्न प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि अनुदान दिने भएको छ ।
गाउँपालिकामै सञ्चालित बाली विज्ञान पढ्ने विद्यार्थीका लागि बार्षिक रु ३६ हजार सहयोग गर्ने निर्णय गरेको हो । गाउँपालिकाको मङ्गलबारको बैठकले जलजला गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गरी आधारभूत तह कक्षा ८ उत्तीर्ण गरी कक्षा  ९ मा ग्रामप्रकाश मावि जलजला–५ लेकफाँटमा प्राविधिक धारतर्फ बाली विज्ञान विषयमा अध्ययन गर्ने विद्यार्थीलाई मात्रै उक्त सुविधा दिने भएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए ।
प्राविधिक शिक्षातर्फ विद्यार्थीलाई आकर्षित गर्न गाउँपालिकाले यो अवधारणा ल्याएको अध्यक्ष आचार्यले बताए । “यो सहयोग आवासीयरूपमा अध्ययन गर्न चाहने विद्यार्थीले सम्बन्धित विद्यालयको सिफारिसमा प्रतिविद्यार्थीलाई बार्षिक रु ३६ हजार प्रदान गर्ने निर्णय गरिएको छ”, अध्यक्ष आचार्यले भने । नेपाल कृषिप्रधान देश भएता पनि कृषि क्षेत्रको विकास हुन नसकेको अवस्थामा यस विद्यालयमा सुरु भएको कृषि प्राविधिक विषयको अध्ययनले दक्ष र योग्य प्राविधिक उत्पादन गरी कृषि क्षेत्रको विकासमा टेवा पु¥याउने विश्वास लिएको गाउँपालिकाको भनाइ छ ।
सरकारको एक पालिकाका एक प्राविधिक विद्यालयअन्तर्गत कक्षा ९ देखि १२ सम्म जलजला–५ लेकफाँटको ग्रामप्रकाश माविमा उक्त विषयमा पठनपाठन हुने भएको हो । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट कृषि प्राविधिक विषय अध्ययनका लागि हालैमात्र स्वीकृत प्राप्त भएको र यही शैक्षिकसत्रदेखि पठनपाठन सुरु हुन लागेको विद्यालयका प्रधानाध्यापक भवानीशङ्कर पौडेलले जानकारी दिए । कृषि प्राविधिक अध्ययनका लागि पालिकाका अन्य विद्यालयका विद्यार्थीलाई पनि सोही विद्यालयमा अध्ययन गर्न प्रेरित गरी भविष्यमा सीपयुक्त दक्ष र योग्य जनशक्ति उत्पादनमा जोड दिएको उनले बताए । विसं २०१५ मा स्थापना भएको उक्त विद्यालयमा अहिले दुई सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist