Monday, June 30, 2025

आजको मिति: २०८२ असार १६ ,सोमबार

TRENDING
  Latest
पाचौ हेमजा हिलो महोत्सव–२०८२ सम्पन्न
विन्ध्येश्वरीमा चेस प्रतियोगिता सम्पन्न
सहकारी स्तरीकरण “प्रोटेक्ट” कार्यक्रम
Next
Prev

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

पोखरामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । आज बिहान भएको दुर्घटनामा घाइते मोटरसाइकलमा सवार काठमाण्डौं कपनका १८ वर्षीय सफल खतिवडाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । चालक तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बस्ने १७ वर्षीय सङ्गम बानियाँको टाउको र घाँटीमा चोट लागेको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ । पोखरा महानगरपालिका–६ खहरेचोकस्थित हल्लनचोकबाट गैह्राकोचौतारातर्फ जाँदै गरेको ग२४प ३१० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको छेउमा रहेको बिजुलीको पोलमा ठक्कर खाएको थियो । वडा प्रहरी कार्यालय बैदामबाट गएको प्रहरी टोलीले घाइतेलाई उद्धार गरी उपचारका लागि मेट्रोसिटी अस्पताल पठाएको कार्यालयले जानाएको छ । दुर्घटनामा परेको मोटरसाइकल प्रहरी नियन्त्रणमा छ भने दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist