प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन आज ह्वीप जारी गरेको छ । बुधबारे फागुन ३० गते ११ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाबाट विश्वासको मत लिने कार्यसूची छ ।

त्यसअघि नै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आज ह्वीप जारी गर्दै विश्वासको मत लिने प्रस्तावको विपक्षमा मतदान गर्न पार्टी सांसदहरुलाई निर्देशन दिएका छन् ।