लायन्स क्लब अफ इन्टरनेशनल ३२५ आई अन्तरगतको क्लब लायन्स क्लब पोखरा डल्फिनको आयोजनामा यस प्रतियोगिता भएको थियो । “सिमा बिनाको शान्ति” भन्ने शिर्षकमा ११ देखि १३ वर्षसम्मका विभिन्नका विद्यालयका करीब २५ विद्यार्थीहरु बिच प्रतियोगिता सम्पन्न गरेको भएको थियो । विद्यालय स्तरबाट नै शान्तिको सन्देश सिकाउने उद्देश्यले पिस पोस्टर प्रोग्राम गरिएको हो । लायन्स क्लब अफ पोखरा डल्फिनले मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा यस प्रकारको कार्यक्रम नियमित गर्दै आइरहेको छ । यस प्रतियोगितामा भाष्कर मेमोरियल स्कुलका छात्रा सौंरभी कुशल प्रथम, विन्ध्येश्वरी आर्दश बोर्डिङ स्कुलका छात्रा उपसना रेग्मी द्वितीय र विन्ध्येश्वरी आर्दश बोर्डिङ स्कुलका छात्र विनायक गिरि तृतिय भएका छन् ।
यस प्रतियाृगिता डिस्ट्रिक पिस कोडिनेटर लायन विष्णु प्रसाद ढुङ्गानाको को प्रमुख आतिथ्यतामा भएको थियो भने अध्यक्षता क्लबका अध्यक्ष लायन गोविन्द बहादुर खड्का ले गर्नु भएको थियो साथै डिस्ट्रिक को एडभाइजर लायन ऋषि गिरि तथा क्लष्टर ३ का क्लष्टर प्रमुख लायन विष्णु श्रेष्ठ आफना भनाई राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन क्लबका सचिब लायन गणेश बहादुर थापा तथा निणार्यकको भुमिका यसै विद्यालयका कला शिक्षक अनिता थापाले गर्नुभएको थियो कुरा प्रतियोगिताका संयोजक तथा रिजन ५ का रिजन चेयर पर्सन लायन कृष्ण कुमार श्रेष्ठले जानकारी गराउनु भयो ।