Tuesday, April 14, 2026

आजको मिति: २०८३ बैशाख १ ,मंगलवार

  • समाचार
TRENDING
  • समाचार
  Latest
पोखरामा निःशुल्क सटल बस सेवा सुरु
२१औं फेवा नव बर्ष महोत्सव सुरु
कुमुदिनी होम्समा अंग्रेजी भाषाको कार्यशाला
Next
Prev

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुन जोडियो

टुकुचे (मुस्ताङ), १ बैशाख ।

मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको तोगा सिटीबीच विगतमा स्थापित मितेरी सम्बन्ध २० वर्षपछि पुनः सक्रिय गरिएको छ। दुई स्थानबीच विस २०४७ मा सांस्कृतिक आदान–प्रदान र आपसी सहयोगको उद्देश्यले मितेरी सम्बन्ध गाँसिएको थियो। तर समयक्रममा नेतृत्व परिवर्तन, नियमित समन्वयको अभावले पछिल्लो दुई दशकयता सम्बन्ध निष्क्रिय बनेको थियो। स्थानीय तहको पुनस्संरचनापछि तत्कालीन टुकुचे गाविस थासाङ गाउँपालिकामा परेको थियो भने तोगा समेत नाम्तोमा गाभिएका कारणले समन्वय भएको थिएन। सुरूआतका केहि वर्ष भने सम्बन्ध राम्रो विकास भएको स्थानीयको भनाइ छ। टुकुचे गाउँका स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी तथा जापानस्थित सरोकारवालाहरूको पहलमा पुनः सम्बन्ध सुदृढ गर्ने सहमति भएको हो।

पुनःस्थापित सम्बन्धमार्फत पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदान–प्रदान, शिक्षा तथा स्थानीय विकासका क्षेत्रमा सहकार्य गर्ने योजना बनाइएको छ। स्थानीयवासीहरूले यसले टुकुचेको पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्। टुकुचे गाउँ र जापानको नाम्तो सिटीको तोगाका बिचमा मितेरी सम्बन्धको साँस्कृतिक मिलन उत्सव आइतबार सुरू भएर आज सकिएको छ। टुकुचेमा एक भव्य कार्यक्रमका बिच सूरू कार्यक्रम दुई दिनसम्म चलेको हो। टुकुचे गाउँ सुधार समितिले कार्यक्रम समन्वय गरेको हो। कार्यक्रममा सहभागी हुनका लागि जापानको तोयामाका प्रेप्रेक्चर सभामुख सिनिचि ताकेदा, नाम्तो सिटीका मेयर मिकियो तानाका सहितको १८ सदस्यीय टोली टुुकुचे आएको छ। टुकुचे र तोगाका बिचमा ३५ वर्षअघि मितेरी सम्बन्ध गाँसिएको थियो। त्यसपछि डेढ दशकसम्म दुई पक्षाबिचमा सहयोग आदानप्रदान लगायतका सहकार्य र भ्रमण भएपनि त्यसपछि लामो समय सहकार्य हुन सकेको थिएन । लामो प्रयासपछि पुनः सम्बन्ध स्थापित भएका उपलक्ष्यमा सांस्कृतिक उत्सव मनाईको स्थानिय समाजजेवी तथा टुकेचे तोका कार्यसमितिका अध्यक्ष पवन तुलाचनले बताउनुभयो । धेरै मेहनतपछि सम्बन्ध नविकरण भएको छ।

बिचमा विभिन्न कारणले सम्पर्क टुटेको थियो। अब दुई गाउँ बिचको प्रगाढ सम्बन्धले समग्र देशको समृद्धिमा सघाउ पुग्नेछ, तुलाचनले भन्नुभयो। मितेरी सम्बन्ध पछि टुकुचेका ७५ भन्दा बढि युवाले जापानमा गएर सीप सिक्ने मोैका पाएको वडाध्यक्ष सुरेश थकालीले बताउनुभयो। यसका साथै टुकुचेको कृषि विकास र पूर्वाधार विकासमा समेत सहयोग पुगेको उहाँको भनाइ छ। रोकिएको सहकार्य पुनस् अघि बढ्ने वडाध्यक्ष थकालीले बताउनु। नाम्तोका मेयर मिकियो तानाकाले अवका दिनमा सम्बन्ध अझ विस्तार हुने र दुईपक्षका विच सहयोग आदानप्रदान गरिने बताउनु। कार्यक्रममा सहभागी हुन आएका पाहुनालाई बाजागाजा सहित भव्य स्वागत गरिएको थियो। कार्यक्रममा मितेरी सम्बन्ध स्थापना गर्नुहुने समाजसेवी अर्जुन सिँह तुलाचन र नाम्तोका मेयर मिकियोलाइ सम्मान गरिएको थियो। त्यसैगरी कार्यक्रम समाजसेवी पवन तुलाचन र वडाध्यक्षलाई समेत धौलागिरि महिला बहुउद्देश्यीय सहकारी संस्थाबाट सम्मान सम्मान गरिएको हो। जापानी पाहुना टोलीलाई मुस्ताङको सिमा घासामा गाउँपालिका अध्यक्ष प्रदीप गौचन लगायतले स्वागत गर्नुभयो। उत्सव अन्तरगत साँस्कृतिक कार्यक्रम,तारोहान्ने खेलकुद,विद्यार्थीहरूको नृत्य प्रदर्शन तथा टुकुचेका विभिन्न गाउँहरूको भ्रमण गरिएको थियो। नाम्तोको टोलीले टुकेचेका विभिन्न विद्यार्थीलय, गुम्वा तथा गाउँपालिका भवनको समेत अवलोकन गरेको थियो। टोलीलाई गाउँपालिका कार्यालयले समेत स्वागत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist