कालिका मा.बि. पोखरा –१०, रामबजारमा वादविवाद कार्यक्रम सम्पन्न भयो । “स्थानियकरण भन्दा बिश्वब्यापिकरण वेस” भन्ने बिषयमा भएको उक्त वादविवाद प्रतियोगितामा २४ जना बिध्यार्थीहरु सहभागी रहेका थिए । बिषयको पक्ष बिपक्षमा बिध्यार्थीहरुले खुलेर आफ्ना भनाइहरु राखेको उक्त प्रतियोगितामा गीता किसान प्रथम, सुमिना क्षेत्री दोस्रो, मनिता कुमारी मगर तेस्रो र समिता हमाल र युना गुरुङ्गले सान्तोना स्थान हासिल गरेका थिए । कार्यक्रममा निर्णयक संयोजकमा बिध्यालयका शिक्षक राम प्रसाद गौतम र सदस्यहरुमा सिमा खत्री र केशवराज वाग्ले रहनुभएको थियो भने कार्यक्रमको संचालन बिध्यालयका शिक्षक बिजय सापकोटाले गर्नुभएको थियो ।
त्यसै अवसरमा बिध्यालयमा विगत चार बर्ष देखी अध्यापन गराउदै आउनुभएका भएका शिक्षक शुरेश शर्मालाई विधाई गरिएको थियो ।