कन्या क्याम्पस पोखराको ३१औं वार्षिकोत्सवका अवसरमा कन्या क्याम्पस प्राध्यापक सङ्घद्वारा आयोजित सामुदायिक क्याम्पस स्तरीय छात्रा भलिबल प्रतियोगितामा कन्या क्याम्पस प्रथम भएको छ ।
जनप्रिय बहुमुखी क्याम्पस र कन्या क्याम्पसका बिचमा निकै रोमाञ्चक बनेको खेलमा कन्याले ३÷२ को सेटमा जितेको थियो ।
सुरुका दुई सेटमा पराजित भए पनि कन्या क्याम्पसले उत्कृष्ट कमब्याक गर्दै विजयी हुन सफल भएको थियो ।
आजै सम्पन्न तेस्रो स्थानका लागि भएको खेलमा विन्ध्यवासिनी क्याम्पसले कालिका पब्लिक कलेज पोखरा –१०, रामबजारलाई ३÷१ सेटमा पराजित गरेको थियो ।
१८–२० तीन दिनसम्म सञ्चालित प्रतियोगितामा नौ क्याम्पसका १० टिमको सहभागिता रहेको थियो ।
समापन कार्यक्रममा कन्या क्याम्पसका प्रमुख सुरेसकुमार मानन्धर र जनप्रिय क्याम्पसका सहयक क्याम्पस प्रमुख कृष्णबाबु बरालले राम्रो प्रतियोगिता आयोजना गरेकामा प्राध्यापक सङ्घलाई धन्यवाद दिएका थिए ।
प्राध्यापक सङ्घका सभापति डा। भूमिराज बस्ताकोटीले सम्पूर्ण सहयोगी हातहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्घता व्यक्त गरे । कार्यक्रमको सञ्चालन प्राध्यापक सङ्घका कोषाध्यक्ष दिननाथ अधिकारीले गरेका थिए ।