सराङकोट बहुउद्देश्यीय सहकारी १६औं वार्षिक उत्सवको अवसरमा त्रिदिवसीय कार्यक्रम अन्र्तगत रत्तदान तथा होलबोडी रत्त परीक्षण कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृष्णबहादुर थापाको सभापततित्वमा सम्पन्न उक्त कार्यक्रममा गण्डकी प्रदेशका मुख्य महान्यायाधिवक्ता रोहितराज बास्तोलाको प्रमुख आतित्थ्यता रहेको थियो । लान्यस क्लव अफ पोखरा दर्पण तथा स्टार डाइग्नोष्टिक सेन्टरको सहकार्यमा भएको कार्यक्रममा स्वागत मन्तव्य सराङकोट बहुउद्देश्यीय सहकारी संस्था लि. का कोषाध्यक्ष तथा लान्यस क्लव अफ पोखरा दर्पणका अध्यक्ष राममणी पौडेलले गरेका थिए । कार्यक्रममा रत्तसंचार केन्द्रका प्रमुख अर्जुनप्रसाद ज्ञवालीले रत्तदानको महत्व तथा स्वास्थ्य सचेतनाका बारेमा आफ्ना भनाइ राखेका थिए ।
संस्थाका अध्यक्ष कृष्णबहादुर थापाले संस्थाले रेडियो प्रशारण आर्थिक कारोबारसंगै सामाजिक सेवा मुलक कार्यक्रमहरु गर्दै आइरहेको र यसबर्ष पनि स्वास्थ्यसंगै पोखराका ३ विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा, वृद्धवृद्धाहरुलाई भौतिक सामग्री वितरण गर्ने कार्यक्रम रहेको जानकारी दिए ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्य महान्यायाधिवक्ता रोहितराज बास्तोलाले रत्तदाता दानबहादुर भुजेल, लेखनाथ तिवारीलाई ब्लड ब्याग वितरण गर्दै आर्थिक विकासमा सहकारीको भूमिका महत्वपूर्ण रहेकोले सहकारी संस्था ऐन, नियमभित्र रही संचालन गर्नुपर्ने र सहकारीमा लेखा समिती अझ बढी त्रियाशिल भइ सन्चालक समितिलाई सुझाव दिनुपर्ने बताए ।
२०६३ सालमा स्थापना भएको सहकारीले स्थापनाकाल देखी रेडीयो सराङकोट सन्चालन गर्दै आइरहेकोमा २०६८ सालदेखी बचत तथा ऋण कारोबार गर्दै आइरहेको छ ।
कार्यक्रममा लान्यस क्लव ३२५ यलका रक्तदान प्रखुम बालकृष्ण न्युरे, रेयुकाई नेपालका पुर्व केन्दीय अध्यक्ष प्रबिनकुमार गुरुङ ,संस्थाका सलाहकार पूर्व अध्यक्ष प्रेमबहादुर जि.सीले सहकारीले हालसम्म गर्दै आइरहेका सामाजिक कार्यको प्रशंसा गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिएका थिए ।
कार्यक्रमको सन्चालन सहकारीका सचिव कुल प्रसाद सुबेदीले गरेका थिए भने सहकारीका उपाध्यक्ष बसन्त बहादुर बानियाले रत्तदाता, कार्यक्रमका सहभागी र सहयोगी संस्थालाई धन्यबाद ज्ञापन गरेका थिए ।