Saturday, May 10, 2025

आजको मिति: २०८२ बैशाख २७ ,शनिबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
कुमुदिनी होम्समा वक्तृत्वकला सम्पन्न
Next
Prev

लायन्स क्लब अफ पोखरा पिस टाउन द्वारा न्यानो कपडा बितरण

लायन्स क्लब अफ पोखरा पिस टाउन द्वारा पोखरा महानगर पालिका वडा न.२४, कास्कीकोटको गुन्टेचौरमा रहेको सिद्ध बराह आधारभुत बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरियो । बिद्यालयका प्रध्यानाध्यापक रीना शाहको सभापतित्वमा भएको कार्यक्रममा शिक्षक बिनोद सुबेदीले स्वागत मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी पोखरा महानगर पालिका वडा न.२४, का वडा अध्यक्ष भरत बहादुर अधिकारीले बिद्यालयमा शैक्षीक र भौतीक सुधार सगै बिद्यार्थी संख्या बढाउन लाग्नु पर्ने बताए ।
बिद्यालयका भुतपर्व बिद्यार्थी तथा बाल अधिकार नेपालका का महासचिव कुलप्रसाद सुबेदीले आफुले अध्ययन गरेको समयमा बिद्यालयको भौतीक अवस्था कमजोर रहेता पनि बिद्यार्थी संख्या प्रयाप्त रहेकोमा हाल शहरिकरणका कारणले बिद्यार्थी संख्या बढ्न नसकेको बताए ।
मेरील्याण्ड किड्स मन्टेश्वरीका प्रिन्सिपल तथा लायन्स क्लब अफ पोखरा पिस टाउनका अध्यक्ष सिता तिमिल्सिना सुबेदीले बालबालिकाको उज्वल भबिष्यका लागी उपयुक्त बातावरण र अवसर प्रदान गर्नुपर्ने कुरामा जोड दिइन ।
२०२३ सालमा स्थापना भएको बिद्यालयमा हाल कक्षा ८ सम्मको पढाइ भइरहेको छ ।
बिद्यालयका सहायक प्रध्यानाध्यापक जयलाल भट्टराइले संचालन गरेको कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका सदस्य नन्दकली लुइटेलले पनि आफ्ना भनाई राखेकी थिइन । बिद्यालयका प्रध्यानाध्यापक रीना शाहले न्यानो कपडा उपलब्ध गराउने संस्था प्रती आभार ब्यक्त गर्दै बिद्यालयको शैक्षीक सुधारका लागी आफु लागीपरेको र अब पनि लागीरहने प्रतिबद्धता ब्यक्त गरिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist