पोखरा महानगरपालिका वडा नं ३ नदीपुरमा रहेको फूलबारी मन्टेसरी कटेजको १२ औं अभिभावक दिवस तथा २२ औं वार्षिकोत्सव शनिबार सम्पन्न भएको छ ।
कार्यक्रम पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यको प्रमुख आतित्थ्यतामा भएको थियो । प्रमुख अतिथि आचार्यले बालबालिकालाई मन्टेसरी विधिद्धारा दिइने शिक्षा अति नै फलदायी भएको र यसले बालबालिकाको सिकाइलाई दिगो बनाउने बताउँदै शैक्षिक उन्नयनका लागि फूलबारी मन्टेश्वरीको योगदान उच्च रहेको बताए ।
पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले शिक्षा क्षेत्रलाई पहिलो सर्त सेवामूलक भावनाका साथ लैजानु पर्ने बताईन । उनले व्यावसायीक बन्दै गर्दा यसको शिक्षा सेवाको मर्मलाई बढावा दिनुपर्ने बताईन । भण्डारीले फूलबारी मन्टेसरीले आफुलाई पोखरामा सक्षम शैक्षिक संस्थाको रुपमा उभ्याउन सफल भएको बताइन ।
कार्यक्रममा विद्यालयका कोअर्डिनेटर जुनमाया पुन, शिक्षिका कृतिना श्रेष्ठ, पूर्णीमा गुरुङ केसी र कर्मचारी राधिका जैसीलाई सम्मान गरिएको थियो ।
विद्यालयका प्रिन्सिपल अरुणा शेरचनले मन्टेसरीका विविध गतिविधिका बारेमा जानकारी दिदैं मन्टेसरीमा बाल बालिकाको शैक्षिक तथा प्रतिभा प्रस्फुटनको अनुकुल वातावरण भएको बताईन ।
विद्यार्थी सायरा श्रेष्ठ र उत्सव अर्यालले सहभागिलाई स्वागत गरेको कार्यक्रममा बालबालिकाहरुले सस्कृतीको संरक्षण, वातावरण जोगाउने र देश प्रेम झल्कने नाटक, नृत्य तथा प्रहसन गर्दै अन्तिममा “आँखैमा राख्छु मेरो देश, मुटुमा राख्छु मेरो देश, परेलीमा सझाउँछु मेरो देश” गीतमा नृत्य प्रस्तुत गरेका थिए ।
विद्यालयका अध्यक्ष तथा निर्देशक जीवनकुमार शेरचनको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन शिक्षिका सुनिता बास्तोलाले गरेकी थिइन् ।