जिल्ला सहकारी संघ लि. कास्कीको ४९ औं वार्षिक साधारण सभा सम्पन्न भयो । सो साधारण सभाको प्रमुख अतिथी पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्दै सहकारीहरु कानुनी रुपमा चल्नुपर्ने बताउनुभयो ।उहाँँले जुन उद्धेश्यका साथ दर्ता गरीएको हो त्यहि अनुसार चलाउनुपर्नेमा फरक आधारमा चलेको कारण सहकारीहरु केही सहकारीहरु समस्यामा रहेको बताउदै कानुनी दायरामा आउनुको विकल्प नरहेको बताउनु भयो । सहकारीहरुलाई उत्पादन क्षेत्रमा लगानी गर्न आग्रह गर्दै स्थानीय निकायहरुले आफ्नो मातहतका सहकारीलाई अनुगमन गर्दै दायरामा ल्याउन समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा आफ्ना सदस्य संस्थाका ७५ वर्ष पुगेका जेष्ठ अध्यक्ष सम्मान अन्तर्गत असल छिमेकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका टोपराज ढुंगाना, शितला बचत तथा ऋण सहकारी संस्थाका क्याप्टेन खड्क बहादुर शाही, कांहुकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका टिकाराम बास्तोला र एग्रो टुरिजम सहकारी संस्था लिमिटेडका टेकबहादुर थापालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सिएमसी कास्की अध्यक्ष अपिल कोइराला, सहकारी बैंक लिमिटेड पोखरा शाखा प्रमुख नरेश पाण्डे, सप्तगण्डकी दुग्ध उत्पादन सहकारी संघका अध्यक्ष पुण्य पौडेल र पोखरा महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष राममोहन आचार्य लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
सो कार्यक्रमलाई समग्र महिला बहुउद्देश्यिय सहकारी संस्था कर्मचारी देबी परियार , दिपिका ढुङ्गानाले सौजन्य स्वरुप स्वागत नृत्य प्रस्तुत तथा लाइफकेयर डाइग्नोष्टिक्स सेन्टर प्रा। लि। ले निस्शुल्क स्वास्थ्य परिक्षण शिविर सन्चालन गरि शोभा बढाइदिनु भएको थियो ।
वरिष्ठ उपाध्यक्ष छवि लामिछनेले स्वागत गर्नुभएको कार्यक्रममा , सहकारीको सात सिद्धान्तको बाचन उपाध्यक्ष अम्बिका गौतम, अध्यक्षको प्रतिवेदन साबित्रा कोइरालाले, कोषाध्यक्ष नवराज बरालले कोषाध्यक्षको प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन धर्म बहादुर गुरुङले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको संचालक महासचिव दिपक बास्तोलाले गर्नुभएको थियो ।