नेपाल रेडक्रस सोसाइटी कास्कीको आयोजना र युवा रेडक्रस सर्कल कालकिा मा. बि. पोखरा १०, रामबजारको ब्यवस्थापनमा बक्तृत्वकला सम्पन्न भयो । कार्यक्रमको उद्घाटन पोखरा महानगर पालिका वडा न. १०, का वडा अध्यक्ष राजेश गुरुङ्गले गरेका थिए । प्रमुख अतिथी गुरुङ्गले बक्तृत्वकला जस्ता अतिरिक्त क्रियाकलावले बालबालिकाको क्षमता प्रस्फुटनमा महत्वपुर्ण योगदान पु¥याउने हुँदा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।
युवा रेडक्रस सर्कल कालकिा मा. बि. का सभापती चित्र बहादुर गुरुङ्गको सभापतीत्वमा सम्पन्न कार्यक्रममा बाह्र बिद्यालयका बिद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगितामा एस ओ एस गण्डकीका आर्याक अधिकारीले प्रथम, कालिका मा. बि. पोखरा १०, रामबजारका बास्ना सुबेदीले दोस्रो, अमरसिँह मा. बि. पोखरा १२, का शन्देश ढकालले तेस्रो र छोरेपाटन मा. बि. पोखरा १७, का बिजय सुबेदी र शान्ता मा. बि. पोखरा १८, का सुयोग पराजुलीले सान्तोना स्थान हाँसिल गरेका थिए ।
कार्यक्रममा बिशेष अतिथी नेपाल रेडक्रस सोसाइटी कास्कीका उप सभापती कृष्ण प्रसाद तिमिल्सिनाले कास्की शाखाले स्वास्थ्यका साथै बालबालिकाको क्षमता बढाउनको लागी अतिरिक्त क्रियाकलाव गर्दै आइरहेका बताए । कास्की शाखाका सदस्य तथा युवा रेडक्रस सर्कलका संयोजक बिष्णु प्रसाद भण्डारीले रेडक्रस यूवा लक्षीत कार्यक्रम गर्दै आइरहेको र यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जाने बताए । कालकिा मा. बि. पोखरा १०, रामबजार बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिपक बहादुर थापाले नेपाल रेडक्रस सोसाइटी कास्की प्रती आभार ब्यक्त गर्दै यस्ता सृजनात्मक कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिए ।
प्रतियोगिताको मूल्याङ्कन संयोजकमा रामप्रसाद गौतम र सदस्यमा कुशल लामिछाने र भवानिशंकर सुबेदी रहनुभएको थियो ।
कालकिा मा. बि.को प्राङ्गणमा भएको कार्यक्रमको संचालन शिक्षक बिजय सापकोटाले गरेको उक्त कार्यक्रममा बिद्यालयका प्र.अ. बलराम गिरीले स्वागत मन्तव्य राखेका थिए भने शिक्षक नायक पुर्ण बहादुर गुरुङ्गले धन्यबाद ब्यक्त गरेका थिए ।