Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • शिक्षा/स्वास्थ्य
TRENDING
  • शिक्षा/स्वास्थ्य
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

सिद्ध बराह आधारभुत बिद्यालय ५७औं बार्षिक उत्सव सम्पन्न

पोखरा महानगर पालिका वडा न.२४, कास्कीकोटको गुन्टेचौरमा रहेको सिद्ध बराह आधारभुत बिद्यालयको ५७औं बार्षिक उत्सव सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथी पोखरा महानगर पालिका वडा न. २४, का वडा अध्यक्ष भरत बहादुर अधिकारीले बिद्यालयमा शैक्षीक र भौतीक सुधारको लागी
आफ्नो र वडा न.२४ को तर्फबाट सक्दो सहयोग गर्ने बताए । बिद्यालयमा शैक्षीक र भौतीक सुधार सँगैै बिद्यार्थी संख्या बढाउन सबे जना लाग्नु पर्ने बताए । कार्यक्रमका बिशेष अतिथी पोखरा महानगर पालिका शिक्षा महाशाखाका अधिकृत कृष्ण प्रसाद भण्डारीले शैक्षिक गुणस्तर सुधारका लागी बिद्यालय सँगै समुदाय र अभिभावक पनि लाग्नु पर्ने बताए । बिशेष अतिथी अक्षयकोष दाता दुर्गा प्रसाद सुबेदीले बिद्यालयको शैक्षीक र भौतीक अवस्था पहीलेको भन्दा सुधार भएता पनि यसलाई अझै सुधार गर्नुपर्ने बताए ।
बिद्यालयका प्रध्यानाध्यापक रीना शाहले आफु बिद्यालयको समग्र बिकासका लागी लागिपरेको र यसमा साथ दिन सबैलाई अनुरोध गरेको उक्त कार्यक्रममा बिद्यालयका सहायक प्रध्यानाध्यापक जयलाल भट्टराइले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका पुर्व अध्यक्ष , सदस्यहरु , शिक्षक अभिभावक संघका अध्यक्ष , सदस्यहरु, चन्दादाता , बुद्धिजिबी, सहयोगदाता, युवा क्लव, आमा समुह र पुर्व शिक्षक तथा बिद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बिद्यार्थीहरुले बिभिन्न प्रस्तुतीहरु राखेका थिए ।
बार्षिक उत्सवका अवसरमा बिद्यालयको बिकासमा योगदान गर्नुभएका बिद्यालय ब्यवस्थापन समितिका पुर्व अध्यक्ष , सदस्यहरु, चन्दादाता, अभिभावक, जनप्रतिनिधी, शिक्षक र बिद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शालिकराम सुबेदीको सभापतित्वमा भएको कार्यक्रम शिक्षक बिनोद सुबेदीले संचालन गरेका थिए ।
२०२३ सालमा स्थापना भएको बिद्यालयमा हाल कक्षा ८ सम्मको पढाइ भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist