पोखरा महानगर पालिका वडा न. –१०, रामबजारमा रहेको कालिका मा.बि. मा बिद्यालय ब्यबस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षक तथा कर्मचारीहरुका बिचमा अन्तक्रिया कार्यक्रम सम्पन्न भयो । शैक्षिक सत्र २०७९ को अन्त्य र २०८० को शुरुवातको पुर्व सन्ध्यामा आयोजित उक्त कार्यक्रममा शैक्षिक सत्र २०७९ को समिक्षा गर्दै शैक्षिक सत्र २०८० को भावि कार्ययोजनाको बारेमा छलफल भएको थियो ।
बिद्यालय व्यवस्थापन समिति अध्यक्षमा दिपक बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शैक्षिक गुणस्तर सुधार र यसमा देखिएका बिभिन्न चुनौतीहरुको बारेमा छलफल भएको थियो । २०२१ सालमा स्थापना भएको यस बिद्यालयमा कक्षा ११ र १२ तर्फ बिज्ञान, होटल ब्यवस्थापन , ब्यवस्थापन र शिक्षाका बिषयमा पढाई हुदै आइरहेको छ ।
२०७४ सालमा नमुना मा. बि. मा छनौट भई २०७५ सालमा नमुना मा. बि. गुरुयोजना पास गरी गुरुयोजना अनुसारका भौतीक, शैक्षिक र व्यबस्थापकिय सुधार गरिरहेको यस बिद्यालयमा हाल कक्षा १२ सम्म २५०० भन्दा बढी बिद्यार्थीहरु अध्ययन गरिरहेका छन ।