पोखरा महानगरपालिका वडा नं. १४ मा सरकारी विद्यालयका शिक्षकलाई क्षमता अभिबृद्वि तालिम सम्पन्न भएको छ । वडा कार्यलयले वडामा रहेका सरकारी विद्यालयका शिक्षकहरुको क्षमता अभिबृद्वि गर्ने उद्देश्यले एकदिने तालिम गरेको हो ।
पोखरा महानगरपालिका वडा नं. १४ का अध्यक्ष बोध बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ७० जना शिक्षक शिक्षिकाको सहभागिता रहेको थियो । तालिममा पाठयक्रम विकास केन्द्रका अधिकृत लबदेव भट्टले प्रशिक्षण दिनुभएको थियो ।
त्यस्तै तालिममा ५ सरकारी विद्यालयका प्रध्यानध्यापक व्यवस्थापन समितिका अध्यक्षको पनि सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन वडाका सचिव रामचन्द्र पौडेलेले गर्नुभएको थियो । कार्यक्रम वडा कार्यलयको माछापुच्छ्रे भवनमा भएको थियो । यसअघि पनि वडाले महिला क्षमताअभिबृद्वी गर्ने उद्देश्यले उद्घोषण मादल बजाउने तालिम चप्पल बनाउने तालिम सम्पन्न गरेको थियो ।