Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

गलकोट बालमैत्री नगर घोषणा

बागलुङको गलकोट नगरपालिका बालमैत्री नगर घोषणा भएको छ । बालमैत्री घोषणाकालागि नेपाल सरकारले जारी गरेका ५१ बुँधा पुरा गरेर नगर घोषणा भएको हो । शनिबार गण्डकी प्रदेशकी सामाजिक बिकास मन्त्री सुशिला सिंखडाले बालमैत्री नगरको उद्घाटन गरिन् । उद्घाटन मन्तव्य दिंदै मनत्री सिंखडाले घोषणा हुनु भन्दा घोषणाको दिगोपनको आवश्यकतामा जोड दिएकी थिइन् । धेरै अभियानहरु घोषणापछि अलपत्र परेको भन्दै बालमैत्री अभियान निरन्तर चल्ने पद्दती भएकोले सबैले हरेक पलमा संयमीत भएर काम गर्नुपर्ने मन्त्री सिंखडाले बताइन् ।
कार्यक्रममा बागलुङबाट प्रतिनिधित्व गर्ने प्रदेशसभाका सदस्यहरु जीतबहादुर शेरचन, द्रोण कुँवर, कुशुम बुढडा मगर, दिलमाया पौवी, संविधानसभाका सदस्य निरज पुन, जिल्ला समन्वय समितिका प्रमुख अमर थापा, जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुन, बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा, प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, गलकोट नगरपालिकाकी पूर्व उपप्रमुख रेनुका काउचा, सामाजिक बिकास समितिका संयोजक हिमबहादुर भण्डारी, वडा नंं ३ का अध्यक्ष फमबहादुर खत्री, एमाले नेता मञ्जु शर्मा चालिसे, राजमोका नेता टंकबहादुर केसी, स्वास्थ्य सेवा निर्देशक खिमबहादुर खड्का, बालमैत्री अभियानका सहजकर्ता बिष्णुप्रसाद चर्तुवेदी र नगर बाल संजालकी अध्यक्ष समीक्षा गौतमले बोलेका थिए ।
गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले गलकोट नगर बागलुङको पहिलो र गण्डकी प्रदेशमा तेस्रो बालमैत्री नगर भएको जानकारी दिए । उपप्रमुख फमलाल निउरेको स्वागत र प्रशासकीय अधिकृत तुलबहादुर बिकको संचालनमा सम्पन्न घोषणा सभामा बिद्यार्थी, अभिभावक र स्थानीय गरी सयौंको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist