सामुदायिक विद्यालयका व्यवस्थापन समिति महासंघ नेपाल कास्कीको जिल्लास्तरीय सम्मेलन तथा क्षमता अभिबृद्धि कार्यक्रम एवं अधिवेशन सम्पन्न भएको छ ।पोखरा उद्योग वाणिज्य संघको सभाहल्मा जिल्लास्तरीय सम्मेलन तथा क्षमता अभिबृद्धि कार्यक्रम एवं अधिवेशन सम्पन्न भएको हो । “हामी सुधारर्छौ हाम्रो विद्यालय” भन्ने मुल नारा कार्यन्वयन गर्ने प्रतिवद्वता सहित कास्की जिल्लाभरका सामुदायिक विद्यालयका व्यवस्थापन समितिहरुको उपस्थितिमा क्षमता अभिवृद्धि, प्रथम सम्मेलन तथा अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय महासंघको नेतृत्वमा सम्पन्न सम्मेलनले वरिष्ठ समाजसेवी, कालिका मा. वि. पोखरा १० रामवजारका विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष दिपक बहादुर थापाको अध्यक्षतामा २३ सदस्यीय सामुदायिक विद्यालय व्यवस्थापन समिति कास्की जिल्ला महासंघ सर्वसम्मत चयन भएका छन् । अध्यक्षमा दिपक बहादुर थापा, उपाध्यक्षहरुमा राजकुमार तामाङ(पुरुष) अप्सरा श्रेष्ठ (महिला), सचिवमा अर्जुन मल्ल, कोषाध्यक्षमा नारायण कुमार श्रेष्ठ, सह सचिवमा प्रेम बहादुर तमाङ, र सदस्यहरूमा तिलक बहादुर खडका,लेख बहादुर गुरुङ, रुद्र बहादुर क्षेत्री, अनिता तिमल्सिना , धनमाया गुरुङ, खेल बहादुर गुरुङ, सवावक्स मिया र प्रकाशलाल श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् ।
नबर्निवाचित अध्यक्ष थापाले छिट्टै गाउपालिकामा गाउपालिकास्तरिय कमिटी गठन गरि ग्रामिर्ण तथा शहरी क्षेत्रमा रहेका सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि लागिपर्ने प्रतिबद्वता ब्यक्त गर्नुभयो ।
