Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • रोचक जानकारी
TRENDING
  • रोचक जानकारी
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

भिरमहको आम्दानीबाट शिक्षकलाई तलब

म्याग्दीको रघुगङ्गा गाउँपालिका–८, कुइने मङ्गलेमा भिरमह बेचेर प्राप्त भएको आम्दानीले विद्यालयका शिक्षकलाई तलब दिने गरिएको छ । शिक्षकको तलबका लागि भिरमौरी सहयोगी भएको छ ।
वडा कार्यालयले भिरमहको सिकार गर्न ठेक्का लगाउँछ । यस वर्ष भिरमहको सिकार गर्न गाउँका तीन जनाले वडाभरको भिरमा रहेका माहुरीको घारबाट मह सङ्कलन गर्ने ठेक्का पाएका छन् । भिरमह ठेक्का लगाएर प्राप्त भएको आम्दानी स्थानीय एक विद्यालयमा कार्यरत शिक्षकहरूको तलबमा खर्चिने गरिएको छ ।
भिरमहको सिकारबाट प्राप्त भएको आम्दानीले गाउँमा रहेको रितुङ माध्यमिक विद्यालयमा कार्यरत चार जना शिक्षकको पारिश्रमिकबापतको रकम भुक्तानी गर्ने गरिएको वडा सदस्य अगेन्द्र छन्त्यालले बताए ।
उनले भने, “वडा कार्यालयको संयोजनमा भिरमहको ठेक्का लगाएर प्राप्त भएको रकम विद्यालयमा रहेका निजी स्रोतका शिक्षकलाई तलब दिने गरेका छौँ । शिक्षकलाई तलब दिने अन्य आम्दानी नभएपछि विगत पाँच वर्षदेखि भिरमहलाई स्कुलको आम्दानीको स्रोतका रूपमा लिने गरेका हौँ ।”
उनले अघिल्ला वर्षहरूमा ८ देखि १० लाख रुपियाँसम्म आम्दानी हुने गरेकोमा यसपालि तीन लाख रुपियाँमा ठेक्का लगाएको छौँ भन्दै पछिल्लो समय भिरमहको सिकार गर्ने सिकारीहरूको अभाव हुन थालेपछि रकम पनि घटेको बताए ।
कठिन भिरपहरामा भिरमाहुरीको सिकार गरेर सङ्कलन गरिएको मह बेचेर  गाउँका युवाले राम्रो आम्दानी गर्ने गरेको स्थानीय युवा अङ्कित पुनले बताए । उनका अनुसार भिरमह प्रतिलिटर दुई हजार रुपियाँमा बिक्री  हुने गरेको छ । भिरपहराबाट महको सिकार गर्नु निकै साहसिलो काम मानिन्छ । अचेल  नयाँ पुस्ताले चासो नदिएपछि यो परम्परा हराउँदै गएको छ । पाका पुस्ताबाट केही युवाले भिरमहको सिकार गर्ने सिप सिकेकाले अहिले पनि गाउँघरमा मह सिकार गर्ने प्रचलन जीवित रहेको वडा सदस्य छन्त्यालले बताए ।

पुख्र्यौली पेसालाई निरन्तरता दिनुका साथै भिरमह बिक्री  गरेर आम्दानी पनि हुने भएकाले विगत केही वर्षदेखि मह सिकार गर्दै आएको स्थानीय चित्र छन्त्यालले बताए  । चित्रसहित गाउँका निरप्रसाद छन्त्याल र टेकबहादुर विकले दुई वर्षका लागि वडाबाट भिरमहको सिकार गर्न ठेक्कामा लिनुभएको छ ।

“भिरमहको सिकार गर्ने काम अत्यन्तै जोखिमपूर्ण हुन्छ,” निरप्रसादले भन्नुभयो, “ज्यान हत्केलामा राखेर मह सिकार गर्नुपर्दछ, कतिबेला के हुन्छ थाहा हुँदैन ।’’ अग्ला भिरमा डोरीमा झुन्डिएर मह काड्ने गरिन्छ । यो अति नै जोखिमपूर्ण काम हो । म्याग्दीमा पुख्र्यौली पेसाका रूपमा जिल्लाको दुर्गम गुर्जा, मल्कबाङ, लुलाङ, निस्कोट, कुइने मङ्गले, चिमोला, शिख, हिस्तानलगायतका जङ्गलमा भिरमाहुरीको मह सिकार गर्ने प्रचलन छ ।  वैशाखको अन्तिमदेखि असारसम्म एक महिना मह सिकार गर्ने गरिन्छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist