Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

पोखरामा चिनियाँ ड्रागन रेस फेस्टिभलको तयारी

फेवाताल र फेवाताल किनारमा चिनियाँ ड्रागन रेस फेस्टिभलको तयारी भइरहेको छ । फेस्टिभलमा हुने डुंगा रेसका लागि चिनियाँ ड्रागन डुंगा ८ वटा पोखरा आइपुगेको छन् । नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिभल २०२३ का लागि ८ वटा चिनियाँ डुंगा पोखरा ल्याएर फेवातालमा परीक्षण समेत गरेका छन् ।
पोखराको फेवाताल किनार क्याम्पिङ चोकमा असार ८ र ९ गते नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिभल हुनेछ । चिनियाँ ४ टिम र नेपाली ४ टिम गरी ८ टिम बीच डुंगा दौड प्रतियोगिता हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए । डुंगा रेस ५ सय र १ हजार मिटर हुनेछ । चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको सयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो । पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसियसन पोखराले सहयोगी संस्थाका रुपमा रहेका छन् । फेस्टिभलले चिनियाँ पर्यटन प्रवद्धनमा पनि सहयोग पुग्ने श्रेष्ठको भनाई छ । फेस्टिभलमा नेपालस्थित चिनियाँ राजदूत र चीनका तीन सहरका मेयरको पनि सहभागीता रहने आयोजकले जानकारी दिएको छ ।
दुई दिने फेस्टिभलमा नेपाली, चिनियाँ खाना, चिनियाँ सांस्कृतिक कार्यक्रम फेस्टिभलको आकर्षण रहने अध्यक्ष श्रेष्ठले बताए । नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागीका लागि ६० जना खेलाडी सहित २६० जना विमान चार्टड गरेर पोखरा आउने छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडान हुने गरी जुन २१ मा दुई वटा चार्टड विमान चीनबाट पोखरा आउने तयारी छ । फेस्टिभलका लागि २ करोड ५० लाख खर्च लाग्ने अनुमान आयोजकको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist