Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

बजेट ल्याउने गण्डकी सरकारको तयारी

गण्डकी प्रदेश सरकार पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै नीति तथा कार्यक्रम ल्याएको आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट ल्याउने तयारीमा छ । प्रदेशले आफ्नो क्षमताभन्दा ठूलो बजेट ल्याउँदा कार्यान्वयनमा उत्तिकै चुनौति छ । विज्ञहरु बजेट ल्याउँदा तीन तहकै सरकारबीच समन्वय नहुने र क्षमताभन्दा माथि बजेट ल्याउने परिपाटी रहेकाले समस्या हुने गरेको बताउँछन् ।
प्रदेश नीति तथा योजना आयोगका अनुसार आगामी वर्षका लागि सरकारले कृषि, स्वास्थ्य, शिक्षा, खानेपानी, पर्यटन र सिँचाइ, प्रदेश गौरवका आयोजना, सम्पन्नको क्रममा रहेका र रकम अभाव भएका योजनालाई जोड दिँदै बजेट ल्याउने तयारी छ । प्रदेशमा लक्ष्य अनुरुप राजश्व उठ्न सकेको छैन । केन्द्रबाट आउने समानीकरण अनुदान कटौती भएको छ । यसकारण चालु आवको तुलनामा आगामी आवको लागि बजेट घटेर आउने सरोकारवालाले बताएका छन् । चालु आवमा ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँ बजेट ल्याएको गण्डकी सरकारले आगामी असार १ गते ३३ अर्ब हाराहारीमा बजेट ल्याउने तयारीमा छ । बजेट तयारी अन्तिम अवस्थामा पुगेको अर्थ मन्त्रालयले जनाएको छ ।
पीएलएमबीआईएसमा योजना इन्ट्री गरेपछि बजेटको अन्तिम टुंगो लाग्ने ती कर्मचारीले बताए । मालपोतबाट घरजग्गा रजिष्ट्रेसनबाट उठने राजश्व न्यून हुँदा प्रदेश सरकारलाई बजेट बनाउन समस्या रहेको आर्थिक मामिला सचिव विष्णुप्रसाद शर्माले बताए । आन्तरिक राजश्व सोचेअनुसार उठाउन नसकिएको र पुँजीगत बजेट खर्च गर्न पनि नसकिएको सचिव शर्माले बताए ।
सरकारले बजेट घटाएर ल्याउने भए पनि स्वास्थ्य क्षेत्रको बजेट भने उत्ति नै रहने बताइएको छ । भौतिक मन्त्रालय स्रोतका अनुसार यसपटक टुक्रे योजना ल्याइँदैन । ३० लाख भन्दा साना योजना सफ्टवेयरमा नै इन्ट्री नगरिएको मन्त्रालयले जनाएको छ । प्रदेश नीति तथा योजना आयोगका सदस्य सुवास अधिकारीका अनुसार प्रदेशको पञ्चवर्षीय आयोजना, दिगो विकासका १७ वटा लक्ष्य, मध्यकालीन खर्च संरचना र प्रदेशमा उठेको राजश्वलाई आधार मान्दै बजेट निर्माण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist