Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

पोखरा विश्वविद्यालय र महर्षि इन्टरनेशनल युनिभर्सिटीबीच सम्झौता

पोखरा विश्वविद्यालय र महर्षि इन्टरनेशनल युनिभर्सिटी अमेरिकाबीच सम्झौता भएको छ । विश्वविद्यालय र महर्षी इन्टरनेशनल युनिभर्सिटीबीच व्यक्तिगत रूपान्तरण तथा वैदिक दर्शनलगायत चेतनामा आधारित शिक्षाका सम्बन्धमा एक समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
पोखरा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा प्रेमनारायण अर्याल र महर्षी इन्टरनेशनल युनिभर्सिटीका प्रेसिडेन्ट डा जोन हेगेलिनले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । दुई विश्वविद्यालयबीचको सम्झौतासँगै आधारभूत चेतना, शिक्षा र मानव जीवनमा व्याप्त युगौँ पुराना समस्या समाधान गर्न सक्रियरूपमा नयाँ प्रविधि खोज्दै र यी प्रविधिलाई नेपालका युवामाझ पु¥याउन सहयोग पुग्ने विश्वास लिइएको पोखरा विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले बताए ।
चेतनामा आधारित शिक्षाले आत्म–ज्ञानको अनुभूति दिलाउने र यसले सिकाइ धेरै सन्तोषजनक, सान्दर्भिक र रोमाञ्चक तुल्याउने हुँदा विद्यार्थीको भित्री प्रतिभालाई उजागर गर्न मद्दत पु¥याउने अपेक्षा गरिएको छ । समझदारीपछि दुवै संस्थाले शैक्षिक गतिविधिलाई मिलेर काम गरी समुदायलाई शिक्षण, अनुसन्धान र सेवामा सहयोग प्रवद्र्धन गर्नेछन् ।
कार्यक्रम पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा अर्याल र रजिष्ट्रार प्रा डा दिपकबहादुर भण्डारी, नेपाल महर्षी वैदिक फाउन्डेसनका अध्यक्ष डा दीपकप्रकाश बाँस्कोटा, महर्षी इन्टरनेशनल युनिभर्सिटीका ग्लोबल एक्सपान्सन निर्देशक डा किंग्सले ब्रुक्स र डा चिन्तामणि योगीले आफ्ना धारणा राखेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist