फेवाफाँटका स्थानियले पोखरा महानगरपालीकामा धर्ना दिएका छन् । फेवाफाँटको जग्गालाई आवास र खेतीयोग्यमा वर्गीकरण गरिँदा प्लटिङका कारण खेत रोप्न नपाएको गुनसोसहित स्थानीय विरोधमा उत्रिएका हुन् ।
शनिबार स्थानीयले फेवाफाँटमै पत्रकार सम्मेलनको आयोजना गरी विरोध गरेका थिए । संघर्ष समिति बनाएर आन्दोलनमा उत्रेका स्थानीयहरुले एकैठाउँको जग्गालाई आवास र सँगै जोडिएकालाई खेतीयोग्यमा वर्गीकरण गरिँदा आवासमा परेकाहरुले धमाधम माटो पुरेर प्लटिङ गरिरहेकाले र सँगैको खेतीयोग्य जग्गा पुरिएको स्थानीय बताउछन् ।
महानगरको दोहोरो नियमका कारण आफुहरु मर्कामा परेकै कारण महानगरमा धर्ना दिनुपरेको वताउदै लामिछानेले फेवाताल संरक्षणको नाममा धन्दा चलाउनेहरुले वास्तविक पिडितहरुले झनै सास्ती खेप्नुपरेको बताए ।
विरोधमा उत्रिएका देवीलाल लामिछानेले फेवाको चराकिल्लाभित्रको जग्गा भनेर कुनै व्यक्तिलाई केही गर्नै नदिने र कसैले प्लटिङ गर्न पाउने अवस्था अन्त्यको माग गरे । धर्नामा कुलप्रसाद तिमिल्सिनाले महानगरले आवासका नाममा घडेरी बनाउनेलाई काखा र घडेरी बनाउदा पुरेको माटोका कारण डुबानमा परेका जग्गाधनीहरुलाई पाखा लगाउने काम गरेको बताए । फेवाफांटका जग्गाधनीको लालपुर्जा एउटै भएपनि पछिल्लो समय महानगरले जग्गाको वर्गीकरण गर्दा कसैलाई आवास र कसैको कृषिमा पारेकै कारण आफूहरुको जग्गा होंचो भागमा परी वर्षायाममा पोखरी बनेर खेती गर्न सकस परेको छ ।