Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

मन्टेश्वरी एशाेसियसन कास्कीकाे स्थापनाकाे अवसरमा नवनिर्मित चाैतारा समुद्घाटन तथा सहयाेग हस्तान्तरण

मन्टेश्वरी एशाेसियसन कास्कीकाे स्थापनाकाे अवसरमा पाेखरा- १७, घारीपाटन आँखा हस्पिटल चाेकमा निर्माण गरिएका चाैतारा उद्घाटन तथा पाेखरा महानगर पालिका वडा न.२७ मा रहेकाे लिटल गार्डेन मन्टेश्वरीमा युकेजी मा अध्ययन गर्ने ब्लड क्यान्सर भएकी छात्रा स्मारिका थापालाई मन्टेश्वरी एशाेसियसन कास्कीमा आवद्ध सदस्य बिद्यालयबाट सहयाेग प्राप्त रु.५५,००० काे चेक हस्तान्तरण गरिएको थियाे ।
२०७२ साल जेष्ठ ३० गते कास्की जिल्लामा रहेका मन्टेश्वरीहरुका सस्थापक तथा प्रिन्सिपलहरुकाे भेलाले मन्टेश्वरी बिद्यालयहरुकाे पेशागत हक हित तथा शैक्षिक गुणस्तर सुधार गर्न सहयाेग पुर्‍याउने लक्ष्यका स्थापना भएकाे सस्थाले स्थापना कालदेखि नै विभिन्न सामाजिक उत्तरदायित्व बहन गर्दै आइरहेकाे छ ।
२०७२ सालमा वातावरण दिवसकाे अवसरमा घारीपाटन आँखा हस्पिटल चाेक देखी आँखा हस्पिटल जाने बाटाकाे दायाँ बायाँ राेपिएका बिरुवाहरुकाे संरक्षणका लागि पाेखरा महानगर पालिका वडा नं १७ काे आर्थिक तथा प्राबिधिक सहयाेगमा चाैतारा निर्माण गरिएको हाे ।

पाेखरा महानगर पालिका वडा नं. १७ का वडा अध्यक्ष राधीका कुमारी शाहीकाे प्रमुख आतित्थ्यतमा सम्पन्न मन्टेशवरी एशाेसियसन कास्कीका सह सचिव तथा चाैतारा निर्माण समितिका अध्यक्ष रितादेबी सुबेदीले स्वागत मन्तब्य राखेकी थिइन ।

मन्टेशवरी एशाेसियसन कास्कीका अध्यक्ष शाल्भी मर्सानीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममामन्टेशवरी एशाेसियसन कास्कीका संस्थापक अध्यक्ष अरुना शेरचन , पाेखरा महानगर पालिका वडा नं. ०९ वडा अध्यक्ष तथा नगर शिक्षा समितिका सदस्य दिपेन्द्र मर्सानी ,पाेखरा महानगर पालिका वडा नं. ३३ का निर्वतमान वडा अध्यक्ष शिव प्रसाद आचार्यले शुभकामना मन्तब्य दिएका थिए ।
मन्टेशवरी एशाेसियसन कास्कीका सल्लाहकार कुल प्रसाद सुबेदीले संचालन गरेकाे कार्यक्रममा चाैचारा निर्माण समितिका सचिव लिल बहादुर जिसीले चाैचारा निर्माणका क्रममा भएको आय ब्यय बिवरण राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist