राष्ट्रिय लोकदोहोरीगीत प्रतिष्ठान गण्डकी प्रदेश समितिले रक्तदान अभियन्ता कृष्णबहादुर थापालाई सम्मान गरेको छ ।
शुक्रबार उनलाई प्रतिष्ठानका संस्थापक अध्यक्ष प्रजापति पराजुली, पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपानेले कदरसपत्रसहित सम्मान गरेका हुन् ।
सो कार्यक्रमको शुभारम्भ गर्दै प्रतिष्ठानका संस्थापक अध्यक्ष पराजुलीले कलाकारलाई कलाकारिता माध्यमबाट आफ्नै खुट्टामा उनि सक्ने बन्नु सकारात्मक भएको बताए ।
प्रतिष्ठान गण्डकी प्रदेश अध्यक्ष राजन कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठान केन्द्रका पूर्व अध्यक्ष न्यौपाने, प्रतिष्ठानका संरक्षक यम गुरुङ, केन्द्रीय सचिव जीवन दाहाल, पूर्व अध्यक्ष एवं रेडक्रस कास्की मन्त्री सुरेन्द्र गुरुङ, पूर्व अध्यक्ष चोलेन्द्र पौडेल, सम्मानित व्यक्तित्व थापा, कार्यक्रम संयोजक कृष्ण सुवेदी, उपाध्यक्ष रामजी पौडेल, रक्तसञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवाली लगायतले बोलेका थिए ।
२०५५ सालदेखि नियमित रक्तदान गर्दै आएका कृष्णथापाले हासम्म ७३ औं पटक रक्तदान गरिसकेका छन् । रेडियो सराङकोटका कार्यकारी निर्देशक उनी सृजना विकास केन्द्रका अध्यक्ष हुन् । सञ्चार कर्म एवं सामाजिक कार्यमा क्रियाशील थापा विभिन्न संघसंस्थामा आबद्ध छन् ।
कार्यक्रममा ६६ युनिट रगत संकलन भएको थियो । सो अवसरमा कलाकारले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने सहयोगी संघसंस्था तथा व्यक्तिलाई सम्मान गरिएको थियो ।