Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
  • निति नियम
TRENDING
  • समाचार
  • निति नियम
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

६५ मिटरभित्र बनेका सबै संरचना हटाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले फेवातालको जग्गा मिचेर बनाएको अवधै संरचना भत्काउन माग गरिएको दोस्रो मुद्दामा फैसला सुनाएको छ। न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयाँलको इजलासले अधिवक्ता खगेन्द्र सुवेदीको रिटमा ६५ मिटरभित्र निर्माण भएका सबै संरचना भत्काउन परमादेश जारी गरेको हो। सर्वोच्चले यसअघि पनि अवैध संरचना अध्ययन गरी भत्काउन भनेको थियो। फेवातालको जग्गा कब्जा गरी भू–माफिया र होटलवालाहरुले रिर्सोट लगायतका संरचना बनाएका थिए। फेवाताल अतिक्रमणविरुद्ध लामो समय देखि सुवेदी सर्वोच्चमा मुद्दा लडिरहेका थिए। सर्वोच्चमा मुद्दा विचाराधीन हुँदै गर्दा २०७८ चैत १६ गते पोखरा महानगरपालिकाको कार्यपालिका बैठकले फेवातालको सीमा क्षेत्र ३० मिटर कायम गर्ने निर्णय गरेको थियो । ६५ मिटरको सट्टा ३० मिटरमात्र कायम गर्ने निर्णय गरेपछि विवाद भएको थियो। उक्त निर्णयमा पनि सर्वोच्चले बदर गर्दै ६५ मिटर नै कायम गर्न आदेश गरेको छ।

सर्वोच्चको यो आदेशपछि फेवाताल किनाराका सबै अवैध संरचना भत्काउने बाटो खुलेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist