Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

  • समाचार
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • शिक्षा/स्वास्थ्य
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

३७ औँ एसओएस दिवसमा त्रिदिवसीय कार्यक्रम

पोखराको रामबजारस्थित एसओएस हरमन माइनर स्कुल गण्डकीमा त्रिदिवसीय कार्यक्रमसहित ३७ औँ अन्तर्राष्ट्रिय एसओएस दिवस मनाइएको छ । विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीचमा सम्पन्न उक्त कार्यक्रमअन्तर्गत पहिलो दिन अन्तरविद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, दोस्रो दिन स्थलगत चित्रकला प्रतियोगिता तथा तेस्रो दिन विविध सांस्कृतिक कार्यक्रमसहित पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो ।
वक्तृत्वकला प्रतियोगितामा पोखरा महानगरभित्रका १९ विद्यालयको सहभागिता रहेको थियो । ‘मानव जीवनमा सूचना तथा सञ्चार प्रविधिको महत्त्व’ र ‘शिक्षामा विश्वव्यापीकरणको प्रभाव’ विषयक प्रतियोगितामा उपप्राध्यापकद्वय श्यामप्रसाद पौडेल, डा. पीताम्बर पौडेल तथा नारायणप्रसाद सापकोटाले निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्रतियोगितामा गण्डकी बोर्डिङ स्कुलकी समता थापा प्रथम, मदरल्यान्ड स्कुलकी स्रष्टा बराल द्वितीय, सेन्ट मेरिज स्कुलका सब्राम गुरुङ तृतीय तथा एसओएस स्कुल गण्डकीकी प्रभा थापाले सान्त्वना स्थान हासिल गरे । विजयी प्रतियोगीलाई प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पस पोखराका निवर्तमान सहायक क्याम्पस प्रमुख प्रा. विश्वराज अधिकारी, एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्य तथा विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले संयुक्त रूपमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
त्यस्तै दोस्रो दिनको स्थलगत चित्रकला प्रतियोगितामा पोखरा महानगरपालिकाभित्रका ३० ओटा विद्यालयहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा वरिष्ठ चित्रकारत्रय केशव खनाल, पदम घले र ज्योति गुरुङले निर्णायकको भूमिका निर्वाह गरेका थिए । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रतिष्ठानका पूर्वसदस्यद्वय बुद्धिबहादुर गुरुङ र रमेश श्रेष्ठ, वरिष्ठ चित्रकार लोकप्रसाद गुरुङ, सिर्जनशील कलाकार समूहका सल्लाहकार हरेराम जोजीजू, नेपाल–चीन प्रतिष्ठानका कार्यकारी सदस्य सुरेन्द्र अधिकारीलगायतका कलाकारहरुको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा बेसलाइन एकेडेमीका मुबारक मिया प्रथम, एसओएस गण्डकीकी जेसिका श्रेष्ठ द्वितीय, पोखरा पब्लिक स्कुलका जेनिक परियार तृतीय तथा करुणानिधि एजुकेसन फाउन्डेसनकी प्रतीक्षा मगरले सान्त्वना स्थान हासिल गरे । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने प्रतियोगीलाई नगद पुरस्कार तथा प्रतियोगितामा पाँचौँ स्थान हासिल गर्ने विभूति स्कुलकी छात्रा इच्छा गुरुङलाई नेपाल–चीन प्रतिष्ठनद्वारा प्रदत्त विशेष पुरस्कार प्रदान गरियो । यी सबै पुरस्कार कार्यक्रमका प्रमुख अतिथि नारदमणि हार्तम्छाली तथा विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
कार्यक्रमको तेस्रो दिन विविध सांस्कृतिक कार्यक्रमसहित पुरस्कार वितरण समारोह आयोजना गरियो । पोखरा महानगरपालिका शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा दीपप्रज्ज्वलन गरी एसओएसका संस्थापक डा. हर्मन माइनरको तस्बिरमा पुष्पार्पण गरिएको थियो । समारोहमा विद्यालयका सहप्राचार्य वीरसिंह बूढाले सार्वजनिक गुठीअन्तर्गत सञ्चालित विद्यालयको मूल नीति, सिद्धान्त र उद्देश्यमाथि प्रकाश पार्दै उपस्थित अतिथि, अभिभावक र विद्यार्थीलाई शब्दगुच्छाद्वारा स्वागत गरे ।
समारोहमा शैक्षिक सत्र–२०७९ मा उत्कृष्टता हासिल गर्ने आधारभूत तहका विद्यार्थीलाई विषयगत रूपमा पुरस्कार वितरण गरिएको थियो । विषयगत उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई प्रमुख अतिथि हेमप्रसाद आचार्य, एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्य तथा विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले संयुक्त रूपमा पुरस्कार प्रदान गरे ।
उक्त समारोहमा विद्यार्थीहरूको सिकाइ–प्रक्रियालाई प्रोत्साहन गर्ने उद्देश्यका साथ पचास हजार राशिको अक्षयकोष स्थापना गर्ने एसओएस बालग्राम गण्डकीकी सेवानिवृत्त आमा शारदा पराजुलीलाई दोसल्लासहित सम्मानपत्र प्रदान गरिएको थियो । एसओएस बालग्रामभित्र ३७ वर्ष दीर्घसेवा गर्दा झन्डै तीन दर्जन बाबुनानी हुर्काउने क्रममा प्राप्त भएको उत्प्रेरणाबाट अभिप्रेरित भएर आफूले विद्यार्थीहरूको पठनपाठनमा सहजता पुगोस् भनेर अक्षयकोष स्थापना गर्ने निर्णय गरेको कोषस्थापक शारदा पराजुलीले बताइन् ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि हेमप्रसाद आचार्यले अनाथ, असहाय र परित्यक्त बालबालिकाहरूको संरक्षण र शिक्षादीक्षासँगै एसओएसले राष्ट्रको शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान पु¥याएको बताए । एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्यले एसओएस बालग्रामका संस्थापक हर्मन माइनरको स्मरण गर्दै उनको पवित्र सेवाभावका कारण आज लाखौँ बालबालिकाले आफ्नो भविष्य उज्ज्वल पार्ने अवसर पाएको बताए ।
सभाध्यक्षको आसनबाट बोल्दै विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले हर्मन माइनरले सुरु गरेको कल्याणकारी कामलाई अभियानका रूपमा विस्तार गर्नुपर्ने बताउँदै त्रिदिवसीय कार्यक्रम सफल पार्न आआफ्ना क्षेत्रबाट योगदान दिने सबैप्रति धन्यवाद ज्ञापन गरे ।
कार्यक्रमको समापन समारोहमा एसओएस युवालय गण्डकीका निर्देशक बाबुराम बराल, विद्यालयका सहप्राचार्य प्रभास पौडेल, एसओएस बालग्रामकी आमा प्रतिनिधि कल्पना पाण्डे, शिक्षक तथा कर्मचारी कल्याणकारी युनियन गण्डकी इकाइका अध्यक्ष टीकारम सुवेदीलगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । समारोहमा विद्यालयका विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist