राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।
हाल नतिजा प्रकाशनका लागि उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम सकेर नतिजा कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए । डा.शर्माले असार तेस्रो साताभित्र नतिजा प्रकाशन गर्ने तयारी गरीरहेको बताए । हतारमा नतिजा प्रकासन गर्दा त्रुटी हुने सम्भावना भएकाले सकेसम्म त्रुटी नहुने गरी गरी नतिजा प्रकाशन गर्ने तयारी गरेको शर्माले बताए ।
उनले प्राविधिक समस्या नआए असार २१ गतेभित्र नतिजा सार्वजनिक गर्ने बताए । एसईई परीक्षा गत चैत १७ गतेदेखि सुरु भएको थियो । परीक्षामा चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थी सहभागी थिए ।
