Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

गण्डकीबाट सुरु भयो सवारी चालक अनुमति पत्रको अनलाईन भुक्तानी

सवारी चालक अनुमतिपत्रको अनलाइन राजस्व भुक्तानीसहितको विद्युतीय सेवा गण्डकी प्रदेशको राजधानी पोखराबाट शुभारम्भ भएको छ । सबैभन्दा अव्यवस्थित र गुनासो आउने यातायात कार्यालयलाई थप व्यवस्थित बनाउनका लागि अनलाईन भुक्तानीको सुरुवात गरिएको हो ।
विचौलियाको विगविगिको अन्त्य गर्नुका साथै नागरिकलाई लाइन बस्ने झन्झट्बाट मुक्त गराउनका लागि गण्डकीबाट अनलाई भुक्तानीको सुरुवात गरेको गण्डकीका भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीले बताएका छन् । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र गण्डकीका मन्त्री जग्जालीले भर्चुवल विधिबाट जोडिदै संयुक्त रुपमा सुभारम्भ गरेपश्चात उक्त कुरा बताएका हुन् ।
संघीय सरकारले सुरु गर्न लागेको अनलाईन भुक्तानीको पहिलो प्रयोग गण्डकीबाट भएको हो । आगामी दिनमा यातायात व्यवस्था कार्यालयबाट हुने सम्पूर्ण भुक्तानी प्रक्रियालाई अनलाइन प्रणालीबाट हुने व्यवस्था गर्ने मन्त्रालयको योजना छ । एक महिनाभित्र सबै प्रदेशमा उक्त सेवा विस्तार गर्ने मन्त्रालयको लक्ष्य रहेको छ । ‘बिचौलियाको अन्त्य गर्ने, यातायात कार्यालयमा पैसा तिर्नका लागि बस्ने मानिसको लाइन हटाउनका लागि गण्डकी प्रदेशले सुरुवात गरेका छौं । त्यसमा हामी भिडभाड कम गर्न र लाइन कम गर्न सेवा प्रवाह ८ बजेदेखिनै सुरु गरेका छौं’ उनले भने, ‘सवारीको ट्रायल दिने काम, नविकरण गर्ने काम बिहानै देखि सुरुआत गरेका छौं । अहिले भिडभाड हटेको छ ।’
मन्त्री जुग्जालीले यातायातको क्षेत्रमा धेरै बाधा अवरोध रहेको र त्यसको अन्त्यका लागि संघ सरकारबाटै पहल गरिनुपर्नेमा जोड दिए । ‘अब अनलाइनबाट भुक्तानी गर्न मिल्ने भएपछि झनै सहज हुनेछ । केही कानुनी जटिलता र ऐनको समस्याहरु त मन्त्री ज्युले राखिसक्नुभएको छ । अनलाइन मार्फत भरिने उक्त फारममा पनि विचौलियाकै विगविगि रहेको छ । राज्यले उक्त विषयमा निगरानी गर्न नसक्दा सर्वसाधारणको पहुँचबाट टाढा छ । यातायात सम्बन्धि नियम कानूनमा समस्या रहेको र त्यसको समाधान अत्यावश्यक रहेको मन्त्री जुग्जालीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist