पोखरामा रहेका अटो मेकानिक्स परिवारका लागी एकदिने बृहत आँखा परीक्षण शिविर भएको छ । गण्डकी अटो मेकानिकल वक्र्स एशोसिएसन पोखराको आयोजना तथा गण्डकी मेडिकल कलेज, पोखरा उद्योग वाणिज्य संघको सहकार्यमा शिविर गरीएको एशोसिएसनका अध्यक्ष सन्तोष मिश्रले बताए ।
स्वास्थ्य सचेतना सहित शिविरको माध्यमले प्रारम्भिक चरण आँखाको समस्या पहिचान गरी समस्या आएको बिरामीलाई थप सहयोग गर्न योजना सहित शिविरमा ३०० भन्दा बढीको परिक्षण औषधी र चस्मा वितरण गरीएको संयोजक जगनाथ बर्तौलाले बताए ।
सो शिविरको शुभारम्भ गर्दै पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पवन कुमार प्रजापतिले व्यवसायीलाई व्यवसायबाट पलायन हुनबाट रोक्न संघले विउ पुँजी, तालिम सहजीकरणमा सहयोग गर्ने बताए । अटो ल्याण्डको निर्माणका लागी संघले महानगरपालिका संग सहकार्य गर्ने बताए ।
एशोसियसनका अध्यक्ष सन्तोष कुमार मिश्रको सभापत्विमा भएको कार्यक्रममा गण्डकी मेडिकल कलेजका प्राचार्य प्रा।डा। रविन्द्र श्रेष्ठ, अटो एशोसियसनका केन्द्रीय उपाध्यक्ष कुल बहादुर नेपाली, संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, पूर्व अध्यक्ष सन्त कुमार भट्टराई, सानुमान जलारी, सल्लाहकार कृष्ण बहादुर थापा, सृजना विकास केन्द्रका कोषध्यक्ष कृष्ण प्रसाद बराल, सस्ंथाका वरिष्ठ उपाध्यक्ष योगेन्द्र राज भण्डारी, महासचिव विष्णु प्रसाद अधिकारी लगाएतले आ आफ्नो धारणा राखेका थिए ।
एशोसिएसनले वार्षिक रुपमा सामाजिक कार्यहरु सहितस स्वास्थ्य शिविरहरु, तालिम, शिप विकासका कार्यहरु गर्दै आएको कार्यालय प्रमुख पार्वती बरालले बताइन् ।