कास्कीकोट बचत तथा ऋण सहकारी संस्था ११औ बर्षमा प्रवेश गरेको छ। स्थापनाको अवसर पारेर सहकारीले शेयर सदस्यहरुलाई सहकारी सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम संस्थाका अध्यक्ष सन्तु देवी सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो भने पोखरा महानगरपालिका सहकारी माहासाखा प्रमुख भरतराज पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। उक्त कार्यक्रममा पौडेलले सहकारीको बर्तमान अवस्थामा देखिएको समस्या र त्यसको समाधानका बारेमा प्रष्ट पार्नु भएको थियो भने जिल्ला सहकारी संघका शिक्षा उपसमिति सदस्य धनन्जय पौडेलले कार्यक्रममा सहजिकरण गर्नुभएको थियो। उक्त कार्यक्रममा उपाध्यक्ष सोनिला कार्कीले स्वागत मन्तव्य राख्नु भएको थियो भने सदस्य लक्ष्मी सुवेदीले सहकारीको सात सिद्धान्त वाचन गर्नुभएको थियो । संस्थाका सचिव सिता तिमिल्सिना सुबेदीले सन्चालन गर्नु भएको उक्त प्रशिक्षण कार्यक्रममा ६५ जनाको सहभागिता रहेको थियो। स्थापनाको अवसरमा सहकारीले संस्थापक सदस्यहरुलाई सम्मान गरिएको थियो ।

