Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

शुक्रबार गण्डकी प्रदेशमा सार्वजानिक बिदा

गण्डकी प्रदेश सरकारले राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमासार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेपाली भाषाका धरोहर आदिकवि आचार्यको जन्मजयन्तीको अवसरमा सरकारले असार २९ गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रदेश सरकार मन्त्रिपरिषदको २०७९ चैत ८ गतेको निर्णयअनुसार बिदा दिने निर्णय गरेकाले बिदा दिइएको मुख्यमन्त्री कार्यालयद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ । उपसचिव सुरणप्रसाद शर्मा पौडेलद्वारा हस्ताक्षरित सूचनामा गण्डकी प्रदेशका सबै सरकारी निकाय, शैक्षिक संस्था र सार्वजनिक संस्थामा सार्वजनिक बिदा रहेको जनाइएको छ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिलाई विस्तार गरी नेपालीलाई एकतामा बाधेका थिए  ।
वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा भानुभक्तको जन्म भएको थियो  । उनले ‘अध्यात्म रामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको बीजारोपण गरेका थिए ।
भानुभक्तले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा स्वर, लयका साथ पाठ गर्ने गरिन्छ । भानुभक्तका ‘प्रश्नोत्तर’ (१९१०), ‘भक्तमाला’ (१९१०) ‘वधूशिक्षा’ (१९१९), ‘रामगीता’ (१९२५) तथा दर्जनौं साहित्यिक कृति प्रकाशित छन् । जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । भानुभक्तको विसं १९२५ असोज ६ गते चुँदीरम्घामै निधन भएको थियो । उनका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतीराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएका थिए ।
यसैबीच तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घामा जन्मिनुभएका आदिकवि भानुभक्त आचार्यको २१० औं जन्मजयन्ती चुँदीरम्घामा बुधबारबाट मनाउन थालिएको छ । स्वदेश तथा विदेशी साहित्यकारहरुको समेत जमघट गरेर भानुजयन्ती तीन दिनसम्म मनाउन थालिएको हो । दिवसको अवसरमा बुधबार स्थानीय मठमन्दिरमा पूजाअर्चना गरिएको छ भने र साँझ दीपावली गरिँदै छ । बिहीबार २८ गते भानुभक्तीय रामायण वाचन प्रतियोगिता, राष्ट्रिय स्तरको खुला कविता प्रतियोगिता र असार २९ गते शुक्रबार प्रभातफेरि, भानुभक्तको शालिकमा माल्यार्पण, श्रद्धाञ्जली सभा, साहित्य तथा सांस्कृतिक कार्यक्रम गरिने आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist