Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

२१० औँ भानुभयन्ती अवसरमा विविध कार्यक्रम सम्पन्न

२१० औँ भानु जयन्तीको अवसरमा पोखरामा विविध कार्यक्रम गरी भानुजयन्ती मनाइएको छ ।  भानुवाङमय प्रतिष्ठान पोखराले शुक्रबार बिहान प्रभात फेरी सहित विविध कार्यक्रम गरि मनाएको हो । चिप्लेढुङ्गाबाट सुरु भएको कार्यक्रम, महेन्द्रपुल, रानीपौवा हुदैँ फुलबारी स्थित भानुपार्कमा समारोहमा परिणत भएको थियो ।
कार्यक्रममा पोखरा महानगरपालीकाका प्रमुख धनराज आचार्यले माला अर्पण गरेका थिए । कार्यक्रममा साहित्यकार, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी लगायतका व्यक्तिको उपस्थिति रहेको थियो ।
नेपाली साहित्य जगतमा प्राथमिक कालका कवि मानिँदै आउनु भएका  आदिकवि भानुभक्त आचार्यको जन्म विसं १८७१ असार २९ गते चुँदीबेँसी रम्घा तनहुँमा भएको थियो । नेपाली भाषालाई मौलिकता प्रदान गर्नुभएका आदिकविका साहित्य नेपाली समाजमा आजपर्यन्त उत्तिकै लोकप्रिय छन् ।
विशेष गरी उनले नेपाली संस्कृत भाषामा लेखिएको रामायणलाई नेपाली भाषा र लोकशैलीमा उल्था गरेर समाजका जनजिब्रोमा पु–याउन सकेका छन् ।  यसबाहेक उनीद्वारा रचिएका भक्तमाला (१९१०), वधु शिक्षा (१९१९), प्रश्नोत्तरमाला (१९१०) र रामगीता (१९२५) को महत्व आज पनि उत्तिकै जिवित छ । आदिकवि आचार्यले पूर्वीय दर्शन, धर्म संस्कृतिमा आधारित कविताले समाजमा नैतिक सन्देश प्रवाह गर्न निकै ठुलो भूमिका निर्वाह गरेको छ । नेपाली साहित्य जगतका चम्किला तारा मानिनुहुने भानुभक्तको  मृत्यु विसं १९५५ मा तनहुँको रम्घामै भएको थियो ।  
अमर रहुन् भानुभक्त र उनका रचनाहरू । कालो टोपी लगाएका भानुभक्तको छवि र महत्त्व नेपाल जनमा रहिरहोस् ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist