Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
  • घटना
TRENDING
  • समाचार
  • घटना
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

पहिरोले पावर हाउस बगाउँदा विधुत आपुर्ति बन्द

पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा पहिरोले विद्युत गृह बगाउँदा विद्युत आपुर्ति बन्द भएको छ । बिहीबार बिहान आएको पहिराले ४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघु जलविद्युत् परियोजनाको पावर हाउस बगाएको हो ।
पहिरोले विद्युत् गृहको भवन र उपकरणहरु पहिरोले बगाए पछि गाउँमा विद्युत् आपूर्ति बन्द भएको हो । मरेनीस्थित विद्युत् गृहभन्दा माथिको पाखोबाट बिहीबार बिहान करिब १० बजेको समयमा खसेको पहिरोले विद्युत् गृहको भवन र विद्युतका उपकरणहरु बगाएर दरखोलामा मिसाएको नगेन्द्र ठकुरीले बताएका छन् ।
उनले भने, ‘विद्युत गृहको भवन र उपकरण सबै पहिरोले दरखोलामा मिसाएको छ । गाउँमा बिजुली आपूर्ति बन्द हुँदा जनजीवन प्रभावित भएको छ ।’
धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनका अनुसार दुई वर्षअघि पनि परियोजनाको नहर, बाँध र विद्युत् गृह बाढीले बगाएको थियो । एक वर्षअघि मर्मत सम्भार गरेर गाउँमा बिजुली बालिएको थियो । अहिले फेरि पहिरोले विद्युत् गृह बगाएपछि गाउँमा बिजुली आपूर्ति बन्द भएको छ ।
उनका अनुसार पावर हाउस भएको ठाउँमा खोला बगेको छ । खबाङको दोभानमा रहेको बाँध, ७२५ मिटर लामो पाइपलाइन, मरेनीको फेदी र दरखोलाको किनारमा विद्युत गृहमा बाढीले क्षति गरेको छ ।
परियोजना बगाएपछि लुलाङ, खोरीया, मेरनी र लमसुङका तीनसय ६५ घरधुरीमा विद्युत आपुर्ति बन्द भएको छ । घरायसी काम, विद्यार्थीको पठनपाठन र विद्युतबाट चल्ने उपकरणमा आधारित साना उद्योग ठप्प भएका छन् ।
२०७६ साल कात्तिकमा एक करोड ७४ लाख रुपैयाँको लागतमा परियोजना निर्माण भएको थियो । यसअघि २०७२ साउनमा जुगेपानीमा आएको पहिरोले विद्युत गृह र नहर बगाएपछि मरेनीको फेदीमा परियोजना स्थानान्तरण गरिएको थियो । एक वर्ष अघि परियोजना मर्मतका लागि धवलागिरि गाउँपालिकाले रु १२ लाख र स्थानीय पूर्वाधार विकास कार्यक्रममार्फत रु १० लाख गरी रु २२ लाख खर्च भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist