Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
  • घटना
TRENDING
  • समाचार
  • घटना
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

अतिक्रमणमा परेको फिर्केखोला पुल भासियो

पोखरा महानगरपालिकाको वडा ५ र ८ जोड्ने फिर्केखोलाको पुल भासिएको छ । अविरल वर्षाका कारण पोखराको पस्र्याङ र बगालेटोल जोड्ने प्रमुख पुल भासिदा सवारीसाधन आवागमनमा समस्या भएको छ ।
भासिएको पुलमा चारपाङ्ग्रे सवारी बन्द गरिएको छ भने सो स्थानको फिर्केखोलामा तत्काल जाली हालेर थप क्षति हुनबाट रोक्ने प्रयास गरिएको छ । एडिबीका १५ वटा दिगो पर्यटन विकासका योजनामध्ये  फिर्केखोला पनि महत्त्वपूर्ण योजना हो । फिर्के कोरिडोरको लम्बाई ८ किमी रहेको छ भने यस खोलासँग पोखरा महानगरकाको वडा २, ४, ५ , ६, ७, ८, ६ र १७ जोडिएको छ ।
फिर्केखोलाको संरक्षणका निम्ति महानगर, वडा, सम्बन्धित निकायलगायतले चासो दिनेगरेको देखिए पनि यसको भौतिक प्रगति न्यून छ । खोलाको संरक्षणस्वरुप झाडी फाड्नेजस्ता काम सरोकारवालाले गरे तापनि संरक्षणको ठोस पहल भएको छैन । खोलामा वरपरका २० घरबस्तीले सोझै ढल मिसाएको अनुगमनमा देखिएको छ भने सयौँ घरहरूले फिर्केको मापदण्ड मिचेर संरचना निर्माण गरेका छन् । तर मापदण्ड विपरीतका संरचना भत्काउन महानगरलाई चुनौती थपिएको छ ।
निजी तवरबाट बनाइएका घरमात्र नभई आमा समूहको भवन, समाज घर, व्यापारिक भवन, विद्यालय भवनलगायतले मापदण्ड मिचेर संरचना बनाएका छन् । हालको फिर्केखोलाको मापदण्ड दाँयाबाँया १०–१० मिटरको कायम गर्नुपर्ने भनेकोमा कार्यान्वयन भएको छैन । महानगरले सो मापदण्ड घटाएर  ५–५ मी. को प्रस्ताव अघि सारेको पोखरा महानगरपालिका वडा ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist