Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

  • समाचार
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • शिक्षा/स्वास्थ्य
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

औसत सिकाइ उपलब्धिमा देवचुली उत्कृष्ट

नवलपुरको देवचुली नगरपालिका औसत सिकाइ उपलब्धिमा उत्कट भएको छ । एसईई परीक्षा २०७९ मा नवलपुरको आठ स्थानीय पालिकामध्ये देवचुली नगरपालिका उत्कृष्ट हुन सफल भएको हो ।
शिक्षा विकास तथा समन्वय इकाई, नवलपुरले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २.७३ औसत जिपिए सहित देवचुली नगरपालिका उत्कृष्ट भएको शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका प्रमुख रुद्र शर्माले बताए । योसँगै क्रमशः कावासोती नगरपालिकाले २.६४ जिपिए सहित द्वितीय र मध्येबिन्दु नगरपालिकाले २.५१ जिपिए सहित तृतीय हुन सफल भएका छन् ।
नवलपुरका चार नगरपालिकामध्ये गैँडाकोटको औसत सिकाइ उपलब्धि अरू पालिकाकोभन्दा कमजोर छ । माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईमा गैँडाकोट नगरपालिकाको औसत सिकाइ उपलब्धि २ दशमलव ३० रहेको छ । यो देवचुली, कावासोती, मध्येविन्दु नगरपालिका र विनयीत्रिवेणी गाउँपालिकाकोभन्दा औसत सिकाइ उपलब्धि कम हो ।
गैँडाकोट नगरपालिका सामुदायिक विद्यालयतर्फ औसत सिकाइ उपलब्धिमा तेस्रो स्थानमा रहेको छ । संस्थागत विद्यालयतर्फ गैँडाकोट नगरपालिका औसत सिकाइ उपलब्धिमा पहिलो स्थानमा रहेको छ । दोस्रोमा देवचुली र तेस्रोमा मध्येविन्दु रहेको शिक्षा विकास तथा समन्वय इकाई नवलपुरको रिपोर्टमा उल्लेख गरिएको छ ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षामा नवलपुरबाट छ हजार पाँच सय ६१ विद्यार्थी सहभागी भएका थिए । जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी ७७ वटा सामुदायिक विद्यालय, ५० वटा संस्थागत विद्यालय, ८ वटा प्राविधिक धारका विद्यालय, ३ वटा संस्कृत विद्यालय र १ वटा खुल्ला विद्यालय गरी एक सय ३९ विद्यालय रहेको शिक्षा विकास तथा समन्वय इकाई कायालर्यले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist