Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

एकीकरण हुँदै सहकारीहरु

गण्डकी प्रदेशका विभिन्न जिल्लामा स्थापना भएका एक सय ५५ सहकारी संस्था एकीकरण भएका छन् । सहकारीका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ प्रदेश राजपत्रमा प्रकाशित भएर कार्यान्वयनमा आएसँगै सहकारी संस्था एकीकरण भएका प्रदेशस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
ऐन कार्यान्वयनमा आएसँगै विसं २०७९ चैतसम्म एक सय ५५ सहकारी एकापसमा एकीकरण भई ६५ भएका छन् । सहकारी रजिष्ट्रार कार्यालय पोखराका रजिष्ट्रार रोशन अर्यालले कास्की, बाग्लुङ, म्याग्दी, नवलपुर, गोरखा, तनहुँ, लमजुङ, स्याङ्जा र पर्वतका सहकारी संस्था एकीकरण भएका जनाउँदै मनाङ र मुस्ताङमा बाँकी रहेको बताए ।
उनका अनुसार सबैभन्दा धेरै कास्कीमा ५६, बाग्लुङ र म्याग्दीमा २७, नवलपुरमा १८, गोरखामा आठ, तनहुँमा सात, लमजुङमा पाँच, स्याङ्जामा चार र पर्वतमा तीन सहकारी संस्था एकीकरण भएका हुन् ।
एकीकरण हुनेमा बचत तथा ऋण, बहुउद्देश्यीय, सञ्चार, कृषि, दुग्ध उत्पादक, उपभोक्ता, साना किसान सहकारी रहेका अर्यालले बताए । ऐनमा व्यवस्था भएबमोजिम दुई वा सोभन्दा बढी सहकारी संस्था एकापसमा गाभिएर सञ्चालनमा आएका छन् । सहकारी थप ब्यवस्थित भइ कारोबार बढाउनका लागि पनि एकिकरण हुन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist