Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

पोखरामा पृथ्वीनारायण शाहको शालिक पूर्नस्थापनाका लागि हस्ताक्षर संकलन

पोखराको प्रमुख चोक पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक पुर्नस्थापनाको माग गर्दै हस्ताक्षर अभियान सञ्चालनमा छ ।
पृथ्वीचोकमा पृथ्वीनारायण शाहकै सालिक राख्नुपर्ने माग राख्दै मंगलबार देखि हस्ताक्षर संकलन गरिएको छ । अहिले पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक राख्ने वा अन्त स्थानान्तरण गर्ने भन्ने विषय प्रतिष्ठाको विषय बन्न थालेको छ । पृथ्वीचोक पोखराको प्रमुख चोक हो, जुन पृथ्वी राजमार्गको सुरुवाती बिन्दु पनि हो । पृथ्वीचोकलाई लखनचोक लेखेर शालिकसँगै राखियो तर, डेढ दशक बितिसक्दा पनि जनजिब्रोमा प्रायः पृथ्वीचोक नै छ ।
पृथ्वीनारायण शाह सामान्य राजामात्रै नभएर इतिहासमा उहाँ नेपाल एकीकरणका गर्ने निर्माता हुनुहुन्छ  । विश्वमा हरेक राष्ट्र विस्तार वा निर्माण गर्ने व्यक्तिलाई राष्ट्र निर्माताको रुपमा सम्झने गरिन्छ । त्यस्तै, नेपालमा पृथ्वीनारायण शाहको नाम हरेक नेपालीको सम्झनामा आउँछ । तर आज पृथ्वीनारायण शाहमाथि र नेपालको इतिहासमाथि कैयौं प्रहार भइरहेको छ । ऐतिहासिक र पुरात्वात्विक महत्व राख्ने उहाँका सालिकहरु ढलाइएका वा तोडफोड गरिएका छन् । त्यसो गर्नु पृथ्वीनारायण शाहको मात्रै होइन, नेपालको इतिहासमाथिकै प्रहार र अपमान भएकोे राष्ट्रनिर्माता गौरव अभियानका सचिवको भनाइ छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पोखराको पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको प्रतिमा हटाएको विरोधमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको पुत्ला दहन समेत गरेका थिए । पोखरा महानगरका प्रमुख धनराज आचार्यले देश एकीकरण गर्ने राष्ट्रनिर्मातालाई अपमान गर्ने काम गरेका अभियानकर्ता बलराम बरालले बताए । चोकमा ताला लगाएर राखिएको प्रतिमा महानगरले फोरेर लगेको उनले बताए ।
नेपालको सार्वभौमसत्ता, राष्ट्रिय एकता र अखण्डता कमजोर भएको छ, खतरामा परेको छ । पृथ्वीनारायण शाहले सुरु गरेको नेपालको एकीकरण, उहाँले गरेका योगदान, त्यसको जगमा निर्माण भएको नेपाल राष्ट्र युगौंयुग पछि सम्म संरक्षण गरि भावी पुस्तालाई बुझाउनुपर्छ । पृथ्वीनारायण शाहका विरुद्धमा भइरहेका हमलाहरुलाई परास्त गरेर देशको सार्वभौमसत्ताको जगेर्ना, भौगोलिक अखण्डताको रक्षा र राष्ट्रिय एकता प्रदर्शन गर्नु आजको ऐतिहासिक आवश्यकता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist