गलत र भ्रामक सुुचनाबाट कसरी बच्ने भन्ने विषयमा डिजिटल मिडिया साक्षरता कार्यक्रम समापन भएको छ । शनिबार पत्रकार महासंघको सभाहलमा भएको कार्यक्रम संचारिका समुह गण्डकी प्रदेशको आयोजना तथा नुसान र अमेरीकी राज दुतवासको सहयोगमा आयोजना गरिएको हो । कार्यक्रमको उद्घाटन गर्नुहुुँदै प्रमुख अतिथि गण्डकी प्रदेशसका उप–सभामुख विना कुमारी थापा मगरले सत्य तथ्य र निश्पक्ष रुपमा समाचार संप्रेसण गर्नुपर्नेमा जोड दिनुभयो । संचारिका समुह गण्डकी प्रदेशका अध्यक्ष कविता श्रेष्ठले अहिलेको डिजिटल युगमा भ्रामक र गलत सूचनाबाट बच्नका लागि संस्थाले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । साथै कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्ने समेत जानकारी दिनुभयो । अमेरीकी राजदुता बासका प्रोफेशनल एक्सचेन्ज विज्ञ ईशु लामाले कार्यक्रमको प्रशंसा गर्नुहुँदै, आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी पुण्य पौडेल, इन्सेक गण्डकी प्रदेशका प्रमुख शिव खकुरेल, पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिमिल्सिना, पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, गण्डकी प्रदेश फोनिजका अध्यक्ष रुद्र श्रीस मगर लगायतले गलत र भ्रामक सुचनाबाट सवैलाई सचेत रहनका लागि आग्रह गर्नुभयो । पत्रकार महासंघ गण्डकी प्रदेशका सल्लाहकार दिपेन्द्र श्रेष्ठले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो भने, कार्यक्रम सञ्चालन सञ्चारिका समुहका कोषाध्यक्ष उमा आले मगरले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।





